default_image

5 years ago

September 14, 2020

हेभीवेट चेल्सीलाई ब्राइटनको चुनौती

178 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा आज (सोमबार) राति पहिलो राउन्ड अन्तर्गत दुई खेलमा प्रतिस्पर्धा हुँदैछ । यो सिजन खेलाडी अनुबन्धमा मोटो रकम खर्चिएको चेल्सीले ब्राइटनको भ्रमण गर्दा सेफिल्ड युनाइटेड र वल्भ्सबीचको खेल पनि आज राति हुँदैछ ।

सेफिल्ड र वल्भ्सबीचको खेल नेपाली १०ः४५ बजे तथा ब्राइटन र चेल्सीबीच राति १ बजे प्रतिस्पर्धा हुनेछ । हेभीवेट चेल्सी ब्राइटनलाई उसकै मैदानमा पराजित गरेर प्रिमियर लिगमा सुखद सुरुवात गर्ने दाउमा हुनेछ ।

तर, चेल्सीले यस समरमा अनुबन्ध गरेका हाकिम जियाच, थियागो सिल्भा र बेन्जामिन चिलवेलले खेल्ने सम्भावना न्युन छ । टिमो वेर्नर र काइ हाभर्टजले खेल्ने बसिलयो सम्भावना छ । काईले ब्राइटनविरुद्ध खेल्दै प्रिमियर लिगमा डेब्यु गर्ने सम्भावना छ । वेर्नरले यसअघि ब्राइटनविरुद्धको मैत्रीपूर्ण खेलमा गोल गर्दै आफु प्रिमियर लिगको लागि तयार रहेको संकेत दिइसकेका छन् ।

कप्तान सिजर एज्पिलिक्वेटा र फरवार्ड क्रिस्टियन पुलिसिस चोटका कारण खअ‍ेलमा उपस्थित हुनेछैनन् । इमर्सन, रोस बार्कली र ट्याम्मी अब्राहम कोरोना संक्रमणका कराण टोलीमा हुनेछैनन् ।

यि खेलाडी नभएपनि चेल्सीसँग एङ्गोलो कान्टे, जर्गिन्हो, मासन माउन्ट, कलुम हड्सन होडोई, मार्काे एसेन्सियो, एन्टेनियो रुडिगर, कोर्ट जोउमा र गोलरक्षकमा किपा एरिजाबालगा रहनेछन् । उनीहरुलाई टिमो वेर्नर र काई हाभर्टजले साथ दिनेछन् ।

यता, ब्राइटन पनि घरेलु मैदानमा चेल्सीलाई स्तब्ध पार्दै सुखद सुरुवात गर्ने दाँउमा हुनेछ । यसै सिजन च्याम्पियन लिभरपुलबाट अनुबन्ध गरेका एडम लालनाले चेल्सीविरुद्ध खेल्ने सम्भावना छ । तर बलियो चेल्सीलाई रोक्न ब्राइटनलाई हम्मे हम्मे पर्नेछ ।

प्रि–सिजनको मैत्रीपुर्ण खेलमा १–१ गोलको तथा त्यसभन्दा अघि अघिल्लो सिजनको प्रिमियर लिगमा चेलसीलाई १–१ गोलको बराबरीमा रोकेका कारण ब्राइटन उच्च मनोवलका साथ मैदान उत्रनेछ ।
यि दुई टोलीको पछिल्लो ८ भेटमा चेल्सी ५ पटक विजयी भएका छन् ।

ब्राइटनले एक खेल आफ्नो पक्षमा पारेको छ । चेल्सी २०१२ को मैत्रीपुर्ण खेलमा २–१ ले पराजित भएयता ब्राइटनसँग अपराजित छ ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.