default_image

5 years ago

September 14, 2020

सिल्भा, चिलवेल र जियाचले ब्राइटनविरुद्ध नखेल्ने

148 views

0 Bookmark

एजेन्सी – यसै समरमा लन्डन क्लब चेल्सीले अनुबन्ध गरेका डिफेन्डर थियागो सिल्भा, मिडफिल्डर हाकिम जियाच र डिफेन्डर बेन चिलवेलले इंग्लिस प्रिमियर लिगको पहिलो खेल गुमाउने भएका छन् ।

चेल्सीका प्रशिक्षक फ्रान्स लाम्पार्डले यि तीन खेलाडी प्रिमियर लिगको पहिलो खेल नखेल्ने पुष्टि गरेका छन् । चेल्सीले सोमबार राति ब्राइटनसँग खेल्दै नयाँ सिजनको sसुरुवात गर्दैछ । जियाचले प्रि सिजनमा ब्राइटनविरुद्धको खेलमा नै चोट बोकेका थिए । उनी चोटबाट फर्कने प्रयासमा छन् ।

सिल्भा र चिलवेल फिटनेसका कारण र पहिलो खेललाई आराम दिइएको लाम्पार्डले बताएका छन् ।
प्रिमियर लिग जित्ने लक्ष्यसहित चेल्सीले यो सिजन खेलाडी अनुबन्धमा २०० मिलियन पाउन्ड खर्चिसकेको छ ।

अन्य टोलीहरु समर ट्रान्सफर शुरु भइसक्दा शान्त रहँदा चेल्सी खेलाडी अनुबन्धमा आक्रमक देखिएको छ । चेल्सीले काई हाभर्टज, टिमो वेर्नर, हाकिम जियाच, थियागो सिल्भा, मालाङ सार र बेन चिलवेल अनुबन्ध गरिसकेको छ । नयाँ गोलरक्षकको खोजीमा रहेको चेल्सी फ्रान्सेली क्लब रेनिसका गोलरक्षक इडोआर्ड मेन्डी अनुबन्ध नजिक पुगेको छ ।

चेल्सीले लगातार खेलाडी भित्र्याउँदा क्लब छाड्ने संख्या भने त्यसै अनुरुप बढेको छैन । सदाझैं चेल्सीले केहि युवा खेलाडीलाई लोनमा पठाएको छ भने लाम्पार्डको योजनामा नरहेका सिनियर खेलाडी बेच्न क्लबले तयारी गरेको छ । विलि काबलेरो, मार्कस अलोन्सो, ओलिभिएर जिरुड, ड्यानी ड्रिंकवाटर लगायत खेलाडीले क्लब छाड्ने सम्भावना रहेको छ ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.