5 years ago
September 15, 2020
एजेन्सी – क्याटलान क्लब बार्सिलोनाले इन्टर मिलानका फरवार्ड लाउराटो मार्टिनेजलाई भित्राउन योजना अहिले अघि बढ्न सकेको छैन । गत सिजनदेखि नै बार्सिलोनाले नयाँ सिजनका लागि मार्टिनेजलाई सबैभन्दा प्राथमिकतामा राखिएको बताइएको छ ।

केहि दिन अघिसम्म पनि काटलान क्लबले अर्जेन्टिना फरवार्डका लागि प्रस्ताव अघि बढाएका थियो । बार्सिलोना र मार्जिनेजका प्रतिनिधिबीच छलफल भएको बताइएको थियो । इन्टरले मार्टिनेजका लागि १ सय मिलियन युरो भन्दा कम माग गरेको बताइएको छ ।
मार्टिनेज आफै पनि बार्सिलोनाबाट खेल्नका लागि इच्छुक देखिएका छन् । बार्सिलोनामै रहेका केहि खेलाडीको भविष्यको टुंगो नलागेका कारण पनि मार्टिनेजको विषय अघि बढ्न नसकेको अनुमान गरिएको छ ।
सुआरेज
फरवार्ड लुइस स्वारेजको भविष्य बार्सिलोनामा के हुने अझै निश्चित छैन । यद्दपी प्रशिक्षक रोनाल्ड कोम्यानले भने सुआरेज नयाँ सिजनमा आफ्नो योजनामा नरहेको प्रष्ट पारिसकेका छन् । त्यसका बावजुद ३३ वषै फरवार्ड अहिले पनि बार्सिलोनाको हिस्सा नै छन् । इटालियन सिरिए विजेता युभेन्ट्सले सुआरेजमाथि चासो देखाएपनि त्यसले मुर्तरुप भने लिन सकेन ।
भिडाल
बार्सिलोनाले अर्टुरो भिडालले पनि तत्काल क्लब छाड्ने अपेक्षा गरेको छ । भिडाल इन्टर जाने सम्भावना रहेको बताइन्छ । बार्सिलोनाले भिडाललाई मार्टिनेजको ट्रान्सफरमा जोड्न खोजेपनि इन्टरले त्यसमा चासो देखाएको छैन । बार्सिलोनाको योजनामा नरहेका कारण इन्टर सस्तोमा भिडाललाई अनुबन्ध गर्न चाहिरहेको छ ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]