default_image

5 years ago

September 15, 2020

चेल्सीको सानदार सुरुवात

168 views

0 Bookmark

एजेन्सी – लन्डन क्लब चेल्सीले इंग्लिस प्रिमियर लिगमा सानदार सुरुवात गरेको छ । प्रिमियर लिगको पहिलो खेलमा चेल्सीले ब्राइटनमाथि ३–१ को सहज जित दर्ता गरेको हो ।

ब्राइटनको मैदानमा चेल्सीको जितमा कप्तान जर्गिन्हो, रिस जेम्स र कर्ट जोउमाले समान एक गोल गरे । घरेलु टोलीका लियान्द्रो ट्रोसार्डले एक गोल फर्काए । सोमबार राति भएको खेलमा चेल्सीले खेलको २३औं मिनेटमा पेनाल्टी गोलमार्फत अग्रता लिएको थियो ।

टिमो वेर्नरलाई पेनाल्टी बक्समा लडाएपछि प्राप्त पेनाल्टीमा जर्गिन्होले कुनै गल्ती नगरी चेल्सीले खेलमा १–० को अग्रता बनायो । स्टेभेन अल्जेटको मिस पासमा जगिन्होले नियन्त्रणमा लिदै दिएको पासलाई वेर्नरले एक्लै अघि बढाउदै गर्दा गोलरक्षक म्याथ्यु रायनले फउल गर्न पुगेपछि रेफ्रीले चेल्सीलाई पेनाल्टी दिएका थिए ।

२७औं मिनेटमा घरेलु टोलीलाई खेललाई बराबरी गर्ने अवसर गुमायो । टारिक लाम्पाटेको क्रसमा निल मोउपेले पेनाल्टी बक्समा भेट्न नसक्दा चेल्सीका गोलरक्षक किपाले सहजै नियन्त्रणमा लिए । ३६औं मिनेटमा स्टेभेन अल्जेटको प्रहार पोस्टबाट थोरै बाहिरिदा घरेलु टोली पुनः बराबरीबाट चुक्यो ।

पहिलो हाफको इन्ज्युरी समयमा टिमो वेर्नरको प्रहारलाई गोलरक्षक रायनले उत्कृष्ट बचाउ गरेपछि चेल्सी अग्रता दोब्बर पार्नबाट चुक्यो । वेर्नरले डिफेन्डर एडाम वेभस्टेरलाई बिट गर्दै गरेको प्रहारमा गोलरक्षक रायन बाधक बने ।

बल पोजेसनमा पकड बनाउदै चेल्सीलाई दवावमा राखेको ब्राइटनले ५४औं मिनेटमा खेललाई १–१ गोलको बराबरीमा ल्यायो । यभेस बिसौमाबाट टारिक लाम्पाटेले दिएको पासमा लियान्द्रो ट्रोसार्डले पेनाल्टी बक्सबाहिरबाट गरेको प्रहारले पोस्टको दिशा लिएको थियो । तर, ब्राइटनको बराबरी दुई मिनेट पनि टिकेन । ५६औं मिनेटमा रिस जेम्सले गोल गर्दै चेल्सीलाई पुन २–१ को अग्रता दिलाए ।

कप्तान जर्गिन्होको पासमा रिस जेम्सले २५ यार्ड टाढाबाट गरेको सशक्त प्रहार सिधै गोलमा परिणत हुदा गोलरक्षक रायनले रोक्ने कुनै मौका नै पाएनन् । ५९औं मिनेटमा ब्राइटनले बराबरीको सुवर्ण अवसर खेर फाल्यो । ट्रोसार्डको क्रसमा कप्तान लेविस डन्कको पोस्ट नजिकैबाट गरेको हेडर थोरै बाहिरियो ।

६६औं मिनेटमा कर्ट जोउमाले गोल गर्दै चेल्सीलाई सहज जिततर्फ अग्रसर गराए । रिस जेम्सको कर्नरमा जोउमाको भली सटले जाली चुमेको थियो । इन्ज्युरी समयमा रस बार्कलीको प्रहारलाई गोलरक्षक रायनले बचाए । त्यसपछि थप गोल निस्कन नसक्दा चेल्सी ३–१ ले विजयी हुन सफल भयो ।

जितसँगै चेल्सीले पहिलो खेलबाट महत्वपुर्ण ३ अंक लिएको छ । ब्राइटनले बल पोजेसनमा पकड बनाएपनि गतिलो आक्रमण र फिनिस गर्न नसक्दा पहिलो खेलमा पराजित हुन पुग्यो । चेल्सीका लागि डेब्यु खेल खेलेका काई हाभर्टजले सोचेअनुरुपको प्रदर्शन गर्न सकेनन् । प्रशिक्षक फ्रान्क लाम्पार्डले उनलाई ८०औं मिनेटसम्म खेलाएका थिए ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.