5 years ago
September 15, 2020
एजेन्सी – इंग्लिस प्रिमियर लिगमा वल्भ्सले सेफिल्ड युनाइटेडमाथि सहज जित हात पारेको छ । वल्भ्सले सेफिल्डमाथि उसकै मैदानमा २–० को सहज जित हात पारेको हो ।

सोमबार राति भएको खेलमा वल्भ्सको सहज जितमा राउल जिमिनेज र रोमेन सइसले गोल गरे । खेलको ६ मिनेटभित्र लिएको २–० को अग्रता नै वल्भ्सको जितमा पर्याप्त बन्यो । खेलको तेस्रो मिनेटमा नै वल्भ्सले राउल जिमिनेजको गोलमा अग्रता लिएको थियो । ड्यानियल पोडेन्सको क्रस पासमा अनमार्ककै अवस्थामा रहेका जिमिनेजले पेनाल्टी बक्सभित्रबाट उत्कृष्ट फिनिस गरेका थिए ।
पाँचौ मिनेटमा वल्भ्सका जिमिनेजको प्रहारलाई सेफिल्डका गोलरक्षक आरोन राम्सडलेले मुस्किलले विफल पारेका थिए । त्यसैमा प्राप्त कर्नरमा रोमेन सइसले गोल गर्दै वल्भ्सले अग्रता दोब्बर बनायो । पेड्रो नेटोको कर्नरमा रोमेनको हेडरलाई सेफिल्डका गोलरक्षक आरोन राम्सडलेले रोक्ने कुनै अवसर नै पाएन ।
खेलको सुरुमै २–० ले पछि परेको घरेलु टोलीले बल पोजेसनमा पकड बनाउदै वल्भ्सलाई दवावमा राखेपनि पहिलो हाफमा पोस्टमा गतिलो आक्रमण बुन्न सकेन । दोस्रो हाफमा आक्रमक खेल पस्केको सेफिल्डले वल्भ्सलाई दवाव राख्यो । ५१औं मिनेटमा जोन लन्डस्ट्रामको पासमा जोन फ्लिकको प्रहारलाई पोस्टमा लागेर फर्कदा प्राप्त रिवाउन्डमा जर्ज बालडकको प्रहारलाई वल्भ्सका कप्तान कोनोर कोडेले क्लियर गरिदिए ।

५३औं मिनेटमा रोमेन सइसको हेडर पोस्टबाट थोरै बाहिरिदा वल्भ्स फराकिलो अग्रता लिनबाट चुक्यो । ५८औं मिनेटमा जोन इगानको पासमा जोन लन्डस्ट्रामको प्रहार बाहिरिदा सेफिल्डले अग्रता घटाउन सकेन । ७३औं मिनेटमा सेफिल्डका कप्तान बिल्ली सार्प चुके ।
इन्ज्युरी समयमा ओलिभर म्याकब्रुनीको हेडरले गोलरक्षक रुई प्याट्रिसियोलाई बिट गरेपनि रोमेनले गोललाईबाट क्लियर गर्दै गोल टारे । त्यसपछि थप गोल निस्कन नसक्दा वल्भ्स २–० ले विजयी हुन सफल भयो । जितसँगै वल्भ्सले पहिलो खेलबाटै महत्वपुर्ण ३ अंक बटुल्न सफल भयो ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]