default_image

5 years ago

September 15, 2020

रोनाल्डोलाई पछि पार्दै मेस्सी बने सर्वाधिक कमाउने फुटबलर

218 views

0 Bookmark

एजेन्सी – क्याटलान क्लब बार्सिलोना तथा अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सी सन् २०२० मा सर्वाधिक आम्दानी गर्ने फुटबलर बनेका छन् ।

यस्तै ३३ वर्षीय मेस्सी फुटबलबाट सर्वाधिक कमाई गरी बिलियनर क्लबमा प्रवेश गर्ने दोस्रो फुटबलर बनेका छन् । अघिल्लो वर्ष पोर्चुगल तथा इटालियन क्लब युभेन्ट्सका स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो बिलियनर क्लबमा प्रवेश गरेका थिए ।

फोर्ब्स म्यागजिनले सोमबार सार्वजनिक गरेको सूची अनुसार अर्जेन्टिनाका मेस्सी सर्वाधिक कमाई गर्ने फुटबलर बनेका हुन् । मेस्सीले गतवर्षको सर्वाधिक कमाई गर्ने पोर्चुगल तथा इटालियन क्लब युभेन्ट्सका सुपरस्टार क्रिस्टियानो रोनाल्डोलाई पछि पारेका हुन् ।

फोर्ब्सको अनुसार मेस्सीको वार्षिक कमाई १ सय २६ मिलियन अमेरिकी डलर रहेको छ । उनले पारिश्रमिकबाट ९२ मिलियन अमेरिकी डलर र ३४ मिलियन इन्डोर्समेन्टबाट आम्दानी गरेका हुन् । मेस्सी एडिडास, पेप्सी, बडवाइजर र अल भिजन कम्पनी ओरकाम टेक्नोलोजीसँग आबद्ध छन् ।

रोनाल्डोको १ सय १७ मिलियन डलर रहेको छ । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का ब्राजिलियन स्टार नेयमार ९६ मिलियन डलरसहित तेस्रो स्थानमा रहेका छन् ।

फ्रान्स तथा पीएसजीकै युवा स्टार केलियन एमबाप्पे पहिलोपटक सुचीको चौथो स्थानमा परेका छन् । एमबाप्पेको कमाई ४२ मिलियन अमेरिकी डलर रहेको छ । इंग्लिस क्लब लिभरपुल तथा इजिप्टका मोहमद सलाह ३७ मिलियन अमेरिकी डलर सहित पाँचौ स्थानमा रहेका छन् ।

यस्तै ३४ मिलियनसहित म्यानचेस्टर युनाइटेडका पाउल पोग्बा छैटौं, ३३ मिलियन कमाई गरेका बार्सिलोनाका एन्टोइन ग्रिजम्यान सातौं र २९ मिलियनसहित स्पेनिस क्लब रियल म्याड्रिड तथा वेल्सका ग्यारेथ बेल आठौं स्थानमा छन् ।

त्यस्तै बायर्न म्युनिखका पोलिस फरवार्ड रोबर्ट लेवान्डोस्की २८ मिलियनसहित नवौं र म्यानचेस्टर युनाइटेडका डेभिड डे हेया २७ मिलियनसहित दशौँ स्थानमा रहेका छन् ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.