default_image

5 years ago

September 15, 2020

बेललाई बेवास्ता गर्दै रियल म्याड्रिड

162 views

0 Bookmark

एजेन्सी – रियल म्याड्रिडका प्रशिक्षक जिनेदिन जिदान र स्टार खेलाडी गेराथ बेलबीचको चिसो सम्बन्धका कारण त्यसको असर क्लबमा पर्दै आएको छ । यद्दपी, बेललाई कम प्रयोग गर्नका बाबजुद  रियल गत सिजन ला लिगा उपाधि जित्न सफल भएको थियो ।

बेलको रियलसँगको सम्झोता अझै २ वर्ष बाँकी छ । तर, यो सिजन पनि उनले धेरै मौका पाउने सम्भावना भने देखिएको छैन । ला लिगा सुरु भइसक्दा पनि रियलमा बेलको चर्चा कमै भइरहेको छ । उनी धेरै तिर छाँयामा परेका छन् । जिदान र उनको बीचको असमझदारी हल भएन भने यो सिजन पनि उनले खेल्न पाउने सम्भावना कम देखिन्छ ।

योबीचमा, म्यानचेस्टर युनाइटेड र उनको पूर्व क्लब टोटेनहमले पनि बेलमाथि चासो देखाइराखेका छन् । तर, रियल उनलाई बिक्री गर्ने वा क्लबमै राख्ने निर्णयमा भने पुगिसकेको छैन । वेल्सका लागि अन्तर्राष्ट्रिय जिम्मेवारी पुरा गर्दै बेल पाँच दिन अघि क्लब फर्केका थिए । घुँडामा समस्या रहेको भन्दै उनी पूर्ण प्रशिक्षणमा पनि सामेल भएका छैनन् ।

स्पेन गएदेखि नै ३१ वर्षे बेल किनारामा नै छन् । जिदानको प्रशिक्षणमा उनी सामेल भएका छछैनन् । क्लबले उनका स्वास्थ्य अवस्था जानकारी पनि दिएको छैन । क्लबको व्यवसायिक प्रयोजनमा पनि बेल प्रयोग भएका छैनन् । लुका मोड्रिचको १० नं जर्सी, मार्सेलोको १२ नंं जर्सी विक्रीमा राखिएपनि बेलको जर्सी प्रदर्शनमा राखिएको छैन ।

रियलको नयाँ किटको प्रचारका लागि करिम बेन्जेमा, मार्सेलो, सर्जियो रामोस र मार्को एसेन्सियोलाई प्रयोग गरिउको छ । तर त्यसमा बेलको प्रयोग भएको छैन । अन्य ठाँउमा पनि उनको प्रयोग भएको छैन । क्लबले प्रशिक्षणको नियमित तस्बिरहरु राख्दा पनि बेललाई उपेक्षा गरिएको छ । क्लबले बेलले नचाहेपनि क्लब छोड्न बाध्य बनाउने वातावरण सिर्जना गरेको आरोप लागेको छ ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.