default_image

5 years ago

September 15, 2020

मार्टिनेज यो सिजन इन्टरमै बस्ने

174 views

0 Bookmark

एजेन्सी – लाउटारो मार्टिनेज यो सिजन इन्टरमै रहन उनका एजेन्टले बताएका छन् । अर्जेन्टिनी फरवार्ड यो सिजन स्पेनिस क्लब बार्सिलोना जाने बलियो सम्भावना रहेको बताइएको थियो ।

तर, इन्टरसँगको छलफलमा मार्टिनेजलाई खरिद गर्न बार्सिलोना असफल भएको छ ।’ उनी यो सिजन इन्टरमै बस्नेछन्,’ मार्टिनेजका एजेन्ट बेटो याक्वीले भने । मार्टिनेजलाई भित्राउन भन्दै बार्सिलोना वर्ष दिन भन्दा बढी प्रतिक्षा गरेको बताइएको थियो । तर यो वर्ष सम्झौता नहुने सम्भावना बढेको छ ।

केहि दिन यता बार्सिलोनाको चिर प्रतिद्वन्द्वि रियल म्याड्रिड जाने चर्चा चलेको सञ्चारमाध्यमहरुले उल्लेख गरेका थिए । तर मार्टिनेजका एजेन्टले रियल जाने सम्भावना भने अस्वकिार गरेका छन् । उनले भने, ‘हामीले रियलसँग छलफल नै गरेका छैनौ । त्यसैले त्यहा जाने सम्भावना छैन ।’

यसबीचमा इन्टरले भने अब मार्टिनेजसँग थप सम्झौताका लागि आशा राखेको छ । यदि क्लब बाहिरिने क्लज लचिलो भएको खण्डमा भने मार्टिनेजका लागि त्यो राम्रो प्रस्ताव हुने विश्वास गरिएको छ । अर्जेन्टिनी राष्ट्रिय टोलीका नियमित सदस्य रहँदै आएका मार्टिनेज इन्टर मिलानमै रहेर टोली बलियो बनाउने विश्वास क्लबले राखेको छ ।

गत सिजन मार्टिनेज र बेल्जियन फरवार्ड रोमेलु लुकाकुको जोडीले उत्कृष्ट प्रदर्शन गर्दा इन्टरले लिगमा दोस्रो स्थान हासिल गरेको थियो । टोली च्याम्पियन युभेन्ट्सभन्दा १ अंकले पछाडी रहेको थियो । यस्तै युरोपा लिगको फाइनलमा टोलीले सेभिल्लासंग हार बेहोरेको थियो ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.