default_image

5 years ago

September 15, 2020

रियलको सिनियर टोलीसम्म ओडेगार्डको यात्रा

140 views

0 Bookmark

एजेन्सी – नयाँ सिजनका लागि रियल म्याड्रिडको टोलीमा समेटिएका युवा मिडफिल्डर मार्टिन ओडेगार्डले घुँडामा सामान्य समस्याका बाबजुद पनि टोलीको प्रशिक्षणमा प्रभाव जमाउन थालेका छन् ।

गत सिजन लोनमा ला लिगाकै रियल सोसीडाडबाट खेलेका ओडेगार्डले उत्कृष्ट प्रदर्शन गरेका थिए । उनको प्रदर्शनबाट निकै प्रभावित भएपछि प्रशिक्षक जिदानले सोसीडाडमा दुई वर्षको लोन सम्झौता भएपनि उनलाई एक वर्षमै रियल फर्काएका हुन् । ओडेगार्डले सोसीडाडमा अर्को सिजन पनि त्यसै लयमा खेले रियलमा अवसर पाउने अपेक्षा गरेका थिए, तर एक सिजन अघि नै जिदानले उनलाई बोलाए ।

प्रशिक्षणमा गरेको प्रदर्शनलाई आधार मान्ने हो भने ओडेगार्ड रियलको टोलीमा पर्ने पक्का छ । तर घुँडामा सामान्य चोट बोकेका कारण उनले पहिलो खेल गुमाउने सम्भावना रहेको छ । संयोगवश रियलले सिजनको पहिलो खेलमा रियल सोसीडाडकै मैदानमा खेल्दैछ । ओडेगार्डले घुँडाकै समस्याले गर्दा अघिल्लो साता भएको नेसन्स लिगको खेलमा नर्वेबाट बिदा लिएका थिए । प्रतिस्पार्धात्मक खेलबाट बाहिर रहेपनि उनले यो समय रियलमा प्रशिक्षण गरेर सदुपयोग गरे ।

जिदान र ओडेगार्डबीच व्यक्तिगत रुपमा पनि राम्रो सम्बन्ध रहेको छ । जिदान र ओडेगार्डले रियलको दोस्रो टोली, कास्तिलामा संगै काम गरेका थिए । ओडेगार्डलाई त्यसबेला भन्दा अहिले आफ्नो स्तर बढाएका छन् । अहिले उनको विभिन्न पोजिसनमा खेल्न सक्ने क्षमताले रियललाई थप फाइदा पुग्नेछ ।

सन् २०१५ मा रियलले ओडेगार्डलाई अनुबन्ध गर्न बायर्न म्युनिख, म्यानचेस्टर युनाइटेड लगायत युरोपका शीर्ष टोलीलाई पछि पारेको थियो । रियलले युवा अवस्थामा खेलाडी अनुबन्ध गरेर भविष्यमा स्टार खेलाडीका रुपमा स्थापित गर्ने नयाँ कदम चलेको थियो ।

पाँच वर्षको अवधिमा ओडेगार्डले आफूलाई स्टारको रुपमा स्थापित गरेका छन् । अब रियलमा उनले आफूलाई ढाल्नुपर्ने छ । ओडेगार्डले राष्ट्रिय टोलीमा पनि प्रमुख खेलाडीका रुपमा आफ्नो परिचय बसाएका छन् । प्राविधिक रुपमा निपुण ओडेगार्ड युवा त छन् नै, उनको क्षमता र आत्मविश्वासले आउने दिनमा उनलाई विश्वस्तरीय खेलाडीको रुपमा स्थापित गर्ने संकेत गरेको छ ।

रियल म्याड्रिडबाट २०१४-१५ सिजनमा ओडेगार्डले डेब्यु गरेका थिए । रियलले गेटाफेलाई ७-३ ले पराजित गरेको खेलमा १६ वर्षीय ओडेगार्डले क्रिस्टियानो रोनाल्डोको स्थान लिएका थिए । आधा घण्टा मैदान बिताएका ओडेगार्डले आफ्नो प्रतिभा प्रस्तुत गररेका थिए । उक्त खेलमा १९ मध्य १८ पास पूरा गरेका ओडेगार्डले मात्र ३ पटक बल गुमाएका थिए । तीनै टिनएज ओडेगार्ड अहिले कुशल खेलाडी बनेर रियल फर्किएका छन् ।

ओडेगार्ड सन् २०१७ मा लोनमा डच टोली हिरेनभिनमा पुगेका थिए । त्यहाँ उनले ३८ खेल खेल्दै ३ गोल गरे । त्यसपछि अर्को सिजन त्यसै लिगको भिटेसमा उनले थप सुधारिएको प्रदर्शन गरे । ३१ खेल खेल्दै उनले ८ गोल गरे । उनको प्रदर्शनले ला लिगाकै थुप्रै क्लबले उनलाई अनुबन्ध गर्न चाह्यो । म्याड्रिडले २ वर्षका लागि सोसीडाडमा ओडेगार्डलाई तयार गर्न पठाएपनि रियलको आवश्यकता अनुसार उनी १ वर्षमै सिनियर टोलीका लायक बनेका छन् ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.