default_image

5 years ago

September 16, 2020

एमबाप्पेका लागि रियलको बचत

208 views

0 Bookmark

एजेन्सी – फ्रान्सेली स्टार केलियन एमबाप्पेले अर्को सिजन पेरिस सेन्ट जर्मेन (पिएसजी) छाड्ने क्लबलाई जानकारी गराइसकेका छन् । लिग वान च्याम्पियन टोलीले अर्को वर्ष एमबाप्पेलाई ३ सय मिलियन युरो भन्दा बढीमा विक्री गर्ने अपेक्षा गरेको छ ।

ला लिगा च्याम्पियन रियल म्याड्रिडले २१ वर्षे फरवार्डलाई भित्राउन सबैभन्दा बढी इच्छा देखाएको बताइएको छ । सञ्चार माध्यमहरुका अनुसार पिएसजीले ३ सय २४ मिलियन युरोमा विक्री गर्ने अपेक्षा गरिएको छ ।

तर, यो रकम धेरै क्लबका लागि तिर्न सहज हुने छैन । पछिल्लो समय बजारमा आक्रामक देखिएको म्यानचेस्टर सिटी पनि त्यति ठूलो रकम तिर्न तयार हुनेमा शंका गरिएको छ । त्यति रकम तिर्न कुनै क्लब तयार नभएको अवस्थामा एमबाप्पले सन् २०२२ को अन्त्य सम्म पिएसजीमै हुनेछन् । त्यसपछि भने उनी फ्रि ट्रान्फरमा उपलब्ध हुनेछन् ।

रियलले एमबाप्पेका लागि १ सय मिलियन युरो प्रस्ताव गर्ने अनुमान गरिएको छ । यदि पिएसजी त्यतिमा उनलाई विक्री गर्न तयार नभएमा त्यसपछिको सिजनमा भने रियलले ठूलो बोनस रकमसहित फ्रि ट्रान्फरमा एम्बाप्पेलाई भित्राउन सक्नेछ ।

त्यसो त यसपटक कोरोनम भाइरसका कारण आर्थिक रुपमा कठिन रहेकाले पनि ठूला टोलीले खर्च गरेका छैनन् । धेरैले यसलाई अर्को सिजन एमबाप्पे अनुबन्ध गर्न रकम बचाएको रुपमा हेरेका छन् । रियल म्याड्रिड र एमबाप्पे आफैंको इच्छा अनुसार पनि युवा फरवार्ड म्याड्रिड जाने पक्का जस्तै छ ।

कोरोना संक्रमणका कारण एमबाप्पले यो सिजन लिग वान सुरुवात गर्न सकेका छैनन् । च्याम्पियन पिएसजीले लिग वानका सुरुवाती दुवै खेल हारेका थियो । पछिल्लो खेलमा नेयमार लगायतका खेलाडीले रातो कार्ड पाएपछि क्लब थप समस्यामा परेको छ ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.