5 years ago
September 16, 2020
एजेन्सी – कप्तान पिएरे इमरिक औवामियाङले इंग्लिस क्लब आर्सनलसँग सम्झौता नविकरण गरेका छन् । पुरानो सम्झौता १० महिना मात्रै रहँदा गावोनका फरवार्ड औवामियाङले लन्डन क्लब आर्सनलसँग थप तीन वर्षको सम्झौता नविकरण गरेका हुन् ।

नयाँ सम्झौतासँगै ३१ वर्षीय फरवार्ड २०२३ सम्म क्लबमा रहने छन् । उनले आकर्षक पारिश्रमिकमा क्लबसँग नयाँ सम्झौता गरिएको बुझिएको छ । उनले सातामा ३ लाख पाउन्ड पाउन सक्नेछन् । पछिल्लो समय औवामियाङले क्लब छाड्ने मनासय बनाएपनि डिसेम्वरमा आर्सनलको प्रशिक्षक बनेका मिकेल अर्टेटाले उनलाई क्लबमै राख्न सफल भए । यससँगै औवामियाङको आर्सनल छाड्ने शंकाको अन्त्य भएको छ ।
क्लबसँग नयाँ सम्झौता गरेसँगै औवामियाङले आफु अब क्लबको लेजेन्ड बन्न चाहेको बताएका छन् । ‘यो लेजेन्ड बन्नको लागि धेरै काम गर्ने समय हो । निश्चित रुपमा म मेरो सर्वश्रेष्ठ दिनेछु । यो मेरो घर हो । म यहाँ रहँदा साँच्चिकै खुसी छु । यो विशेष क्लबको लागि सम्झौता गर्न कहिल्यै शंका थिएन,’ सम्झौतापछि औवामियाङले भनेका छ ।

२०१८ मा जर्मन क्लब बोरुसिया डर्टमुन्डबाट आर्सनल आएयता औवामियाङले १११ खेलमा ७२ गोल गर्नुका साथै १५ असिस्ट दिएका छन् । प्रशिक्षक अर्टेटाले औवामियाङ टोलीका महत्त्वपुर्ण खेलाडी तथा कप्तान रहेको बताएका छन् । ‘हामीले टिम निर्माण गरिरहेका छौं भन्ने औवामियाङलाई क्लबमै राख्न सक्नु ठुलो अंश हो । उ यहाँको सर्वश्रेष्ठ खेलाडीहरुसँग हुन चाहन्छ । क्लबमा आफ्नो छाप छोड्न चाहन्छ । यहाँ उनले त्यो उपलब्धि हासिल गर्न सक्नेछ ।’ अर्टेटाले भने ।
प्रिमियर लिगको पहिलो खेलमा फुलहमलाई ३–० ले पराजित गर्दा औवामियाङले एक गोल गरेका थिए । यस्तै गत सिजन आर्सनललाई एफए कप जिताउदा उनले दुई गोल गरेका थिए । कम्युनिटी सिल्डमा पनि लिभरपुलविरुद्ध खेलमा उनले गोल गरेका थिए ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]