5 years ago
September 16, 2020
एजेन्सी – इंग्लिस क्लब टोटेनहम हट्स्परले आफ्ना पूर्व खेलाडी ग्यारेथ बेललाई स्पेनिस क्लब रियल म्याड्रिडबाट फर्काउने तयारी थालेको छ ।

वेल्सका फरवार्ड बेललाई पछिल्लो समय रियल म्याड्रिडले पनि अन्यत्र जाने ढोका खोलिदिएपछि टोटेनहमले अनुबन्धनको तयारी थालेको हो । दुई क्लबबीच हाललाई लोन सम्झौताका लागि छलफल भइरहेको बुझिएको छ । बेलको तलब टोटेनहमका लागि अत्याधिक रहेकाले स्पेनिस क्लबले पनि केहि प्रतिशत बेहोर्नेगरि सम्झौता हुने सम्भावना रहेको छ ।
बेलका एजेन्ट जोन बार्नेटले मंगलबार मात्र बीबीसीसंग बोल्दै बेलले अझैपनि टोटेनहम आउन चाहेको बताएका छन् । ‘बेललाई टोटेनहम अझै मनपर्छ । हामी तीनै पक्ष अहिलेको अवस्था कसरि सुल्झाउन सकिन्छ भन्ने छलफलमा छौं । बेलको रोजाई टोटेनहम नै फर्कनेमा छ,’ बार्नेटले भने ।
बेल सन् २०१३ मा टोटेनहमबाट त्यसबेलाको विश्व कीर्तिमानी रकममा रियल म्याड्रिड पुगेका थिए । रियल म्याड्रिडमा रहेर २ सय ५१ खेल खेल्दै उनले १ सय ५ गोल गरेका छन् । यसक्रममा बेलले टोलीलाई ४ पटक च्याम्पियन्स लिग उपाधि जित्न मदत गरेका छन् । यस्तै यस अवधिमा रियल म्याड्रिडले २ पटक ला लिगा उपाधि पनि जितेको छ ।

अघिल्लो सिजन रियलले ला लिगा जित्दा भने बेल प्रशिक्षक जिदानको रोजाइमा थिएनन् । उनले पूरा सिजनमा जम्मा १६ खेलमा सहभागिता जनाए । प्रशिक्षक जिदानले बेल आफ्नो योजनामा नरहेको भन्दै व्यवस्थापनलाई समेत जानकारी दिइसकेका छन् । त्यसैले पनि क्लबले बेललाई आफ्नो कुनै प्रायोजन तथा कार्यक्रममा सहभागी गराएको छैन ।
बेलले अर्को वर्ष हुने युरोपेली च्याम्पियनसिपका लागि तयार रहन पनि पहिलो रोजाईमा खेल्न पाउने विकल्प रोजेका थिए । जोसे मोउरिन्होको नेतृत्वमा रहेको टोटेनहमलाई आक्रामक खेलाडीको आवश्यकता रहेको र बेल उचित विकल्प रहेको क्लबको बुझाइ छ । तीनै पक्षबीच सहमति हुने सम्भावना रहेको बुझिएको छ ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]