default_image

4 years ago

September 16, 2020

गोल्डेन ब्वाइ अवार्डको शीर्ष ४० मनोनयन सार्वजनिक

एजेन्सी – विश्व फुटबलमा २१ वर्षभन्दा कम उमेरका उत्कृष्ट फुटबल खेलाडीलाई प्रदान गरिने ‘गोल्डेन ब्वाई अवार्ड’को लागि शीर्ष ४० खेलाडीको मनोनयन सुची सार्वजनिक गरिएको छ । इटालियन संचारमाध्यम टुट्टोस्पोर्टले वर्षेनी प्रदान गर्दै आएको अवार्ड विश्व फुटबलमा प्रतिष्ठित अवार्डमा गनिन्छ । यस अवार्डका लागि युरोपका प्रतिष्ठित संचार माध्यमका पत्रकारहरुले मतदान गर्दै आएका छन् । सन् २००३ देखि […]

80 views

0 Bookmark

एजेन्सी – विश्व फुटबलमा २१ वर्षभन्दा कम उमेरका उत्कृष्ट फुटबल खेलाडीलाई प्रदान गरिने ‘गोल्डेन ब्वाई अवार्ड’को लागि शीर्ष ४० खेलाडीको मनोनयन सुची सार्वजनिक गरिएको छ ।

इटालियन संचारमाध्यम टुट्टोस्पोर्टले वर्षेनी प्रदान गर्दै आएको अवार्ड विश्व फुटबलमा प्रतिष्ठित अवार्डमा गनिन्छ । यस अवार्डका लागि युरोपका प्रतिष्ठित संचार माध्यमका पत्रकारहरुले मतदान गर्दै आएका छन् । सन् २००३ देखि सुरु भएको यस अवार्ड युरोपमा खेल्ने उत्कृष्ट युवा खेलाडीलाई प्रदान गरिंदै आएको छ । बुधबार यस संस्करणको अवार्ड पाउन सक्ने ४० खेलाडीको मनोनयन सुची सार्वजनिक गरिएको छ ।

यसअघि १ सय खेलाडीको नामावली सार्वजनिक गरेर ६० जनामा संख्या झारिएको थियो । अब क्रमश: मनोनयनमा परेका खेलाडी संख्या घटाउँदै लगेर विजेता घोषित गरिनेछ । यस अवार्ड जित्ने खेलाडी भविष्यमा स्टार खेलाडीका रुपमा अगाडी बढ्ने इतिहासले पनि बताउँछ । १७ वर्षअघि पहिलो पटक नेदरल्याण्डका राफेल भान डर भार्टले यो अवार्ड जितेका थिए ।

त्यसपछि वायन रोनी, लिओनेल मेस्सी, सेस फाब्रिगास, सर्जियो अगुएरोले पनि यो उपाधि जिते । पछिल्लो समय पल पोग्बा, रहिम स्टर्लिङ, किलियन एमबाप्पे, म्याथिस डी लिग्ट लगायतले यो उपाधि जितेका छन् । यस उपाधिको मनोनयनमा पर्न १ जनवरी २००० पछि जन्मिएका खेलाडी मात्र समावेश हुनेछन् ।

उपाधिको दाबेदारका रुपमा बोरुसिया डर्टमुन्डका जेडन सान्चो र एर्लीङ हालान्डसँगै बायर्न म्युनिखका अल्फोन्सो डेभिस रहेका छन् । गत सिजन यी तीनै खेलाडी शीर्ष २० मा परेपनि एटलेटिको म्याड्रिडका जोआओ फेलिक्सले उपाधि जितेका थिए । विजेता भइसकेका कारण फेलिक्स यसपटक भने मनोनयनमा छैनन् ।

सान्चोसँगै इंग्ल्यान्डका फिल फोडेन, मेसन ग्रिनवुड, क्यालम हड्सन ओडोइ र बुकायो साका पनि अन्तिम ४० मा परेका छन् । अब अर्को चरणमा छनोटका शीर्ष २० खेलाडीको नाम सार्वजनिक गरिनेछ । त्यसपछि भने एकै पटक विजेता घोषणा गरिनेछ ।

खेलाडी सुची :

मार्ले आके (देश – फ्रान्स, क्लब – मार्से, उमेर – १९ वर्ष, पोजिसन – लेफ्ट विंगर, बजार मूल्य – १.३ मिलियन युरो)

मार्कोस एन्टोनियो (देश – ब्राजिल, क्लब – शाख्तार, उमेर – २० वर्ष, पोजिसन – सेन्टर मिडफिल्डर, बजार मूल्य – ५ मिलियन युरो)

आदील आउचिचे (देश – फ्रान्स, क्लब – सेन्ट एटिएन, उमेर – १८ वर्ष, पोजिसन – आक्रामक मिडफिल्डर, बजार मूल्य – ५.४ मिलियन युरो)

जेडन सान्चो (देश – इंग्ल्यान्ड, क्लब – बोरुसिया डर्टमुन्ड, उमेर – २० वर्ष, पोजिसन – राइट विंगर, बजार मूल्य – ११७ मिलियन युरो)

बेनोइ बदियाशीले (देश – फ्रान्स, क्लब – मोनाको, उमेर – १९ वर्ष, पोजिसन – सेन्टर ब्याक, बजार मूल्य – २० मिलियन युरो)

मिचेल बेकर  (देश – नेदरल्यान्ड्स, क्लब – पीएसजी, उमेर – २० वर्ष, पोजिसन – लेफ्ट ब्याक, बजार मूल्य – ०.९ मिलियन युरो)

माइरन बोआडु (देश – नेदरल्यान्ड्स, क्लब – अल्कमार, उमेर – १९ वर्ष, पोजिसन – सेन्टर फरवार्ड, बजार मूल्य – १८ मिलियन युरो)

डेनिस बोर्कोस्की (देश – जर्मनी, क्लब – आरबी लाइप्जिग, उमेर – १८ वर्ष, पोजिसन – सेन्टर फरवार्ड, बजार मूल्य – ०.३ मिलियन युरो)

एडुआर्डो  कामाभिंगा (देश – फ्रान्स, क्लब – रेनेस, उमेर – १७ वर्ष, पोजिसन – डिफेन्सिभ मिडफिल्डर, बजार मूल्य – ३७.५ मिलियन युरो)

मार्को कार्नेसेची (देश – इटाली, क्लब – एटलान्टा, उमेर – १९ वर्ष, पोजिसन – गोलरक्षक, बजार मूल्य – २.१ मिलियन युरो)

रायन चेर्की (देश – फ्रान्स, क्लब – लियोन, उमेर – १७ वर्ष, पोजिसन – आक्रामक मिडफिल्डर, बजार मूल्य – १८ मिलियन युरो)

जोनाथन डेविड (देश – क्यानडा, क्लब – लिल, उमेर – २० वर्ष, पोजिसन – आक्रामक मिडफिल्डर, बजार मूल्य – २५ मिलियन युरो)

अल्फोन्सो डेभिस (देश – क्यानाडा, क्लब – बायर्न म्युनिख, उमेर – १९ वर्ष, पोजिसन – लेफ्ट ब्याक, बजार मूल्य – ६० मिलियन युरो)

सर्जिनो डेस्ट (देश – अमेरिका, क्लब – आयाक्स, उमेर – १९ वर्ष, पोजिसन – राइट ब्याक, बजार मूल्य – १८ मिलियन युरो)

सबास्टियन एस्पोजिटो (देश – इटाली, क्लब – इन्टर मिलान, उमेर – १८ वर्ष, पोजिसन – सेन्टर फरवार्ड, बजार मूल्य – ९ मिलियन युरो)

फाबियो सिल्भा (देश – पोर्चुगल, क्लब – वल्भ्स, उमेर – १८ वर्ष, पोजिसन – सेन्टर फरवार्ड, बजार मूल्य – १२ मिलियन युरो)

अन्सु फाती (देश – स्पेन, क्लब – बार्सिलोना, उमेर – १७ वर्ष, पोजिसन – लेफ्ट विंगर, बजार मूल्य – ५० मिलियन युरो)

फिल फोडेन (देश – इंग्ल्यान्ड, क्लब – म्यानचेस्टर सिटी, उमेर – २० वर्ष, पोजिसन – सेन्टर मिडफिल्डर, बजार मूल्य – ४० मिलियन युरो)

अमिन गोउइरी (देश – फ्रान्स, क्लब – निस, उमेर – २० वर्ष, पोजिसन – सेन्टर फरवार्ड, बजार मूल्य – ७ मिलियन युरो)

रायन ग्राभेनबर्च (देश – नेदरल्यान्ड्स, क्लब – आयाक्स, उमेर – १८ वर्ष, पोजिसन – सेन्टर मिडफिल्डर, बजार मूल्य – ११ मिलियन युरो)

मेसन ग्रिनवुड (देश – इंग्ल्यान्ड, क्लब – म्यानचेस्टर युनाइटेड, उमेर – १८ वर्ष, पोजिसन – सेन्टर फरवार्ड, बजार मूल्य – ४५ मिलियन युरो)

एर्लीङ हालान्ड (देश – नर्वे, क्लब – बोरुसिया डर्टमुन्ड, उमेर – २० वर्ष, पोजिसन – सेन्टर फरवार्ड, बजार मूल्य – ७२ मिलियन युरो)

क्यालम हड्सन ओडोइ (देश – इंग्ल्यान्ड, क्लब – चेल्सी, उमेर – १९ वर्ष, पोजिसन – लेफ्ट विंगर, बजार मूल्य – ३१.५ मिलियन युरो)

मोहमद इहात्तरेन (देश – नेदरल्यान्ड्स, क्लब – पीएसभी, उमेर – १८ वर्ष, पोजिसन – आक्रामक मिडफिल्डर, बजार मूल्य – २० मिलियन युरो)

ओजान काबाक (देश – टर्की, क्लब – साल्के, उमेर – २० वर्ष, पोजिसन – सेन्टर ब्याक, बजार मूल्य – २९ मिलियन युरो)

मिकाल कर्बोनिक (देश – पोल्यान्ड, क्लब – लेजिया वार्सा, उमेर – १९ वर्ष, पोजिसन – लेफ्ट ब्याक, बजार मूल्य – ६ मिलियन युरो)

डेजान कुलुसेभ्सकी (देश – स्विडेन, क्लब – युभेन्टस, उमेर – २० वर्ष, पोजिसन – राइट विंगर, बजार मूल्य – ४० मिलियन युरो)

टांगी निआन्जौ (देश – फ्रान्स, क्लब – बायर्न म्युनिख, उमेर – १८ वर्ष, पोजिसन – सेन्टर ब्याक, बजार मूल्य – ११ मिलियन युरो)

राफाएल कमाचो (देश – पोर्चुगल, क्लब – स्पोर्टिङ लिस्बन, उमेर – २० वर्ष, पोजिसन – राइटविंगर, बजार मूल्य – ४ मिलियन युरो)

रोड्रीगो गोएस (देश – ब्राजिल, क्लब – रियल म्याड्रिड, उमेर – १९ वर्ष, पोजिसन – राइट विंगर, बजार मूल्य – ४५ मिलियन युरो)

बुकायो साका (देश – इंग्ल्यान्ड, क्लब – आर्सनल, उमेर – १९ वर्ष, पोजिसन – लेफ्ट विंगर, बजार मूल्य – ३५ मिलियन युरो)

भ्लाडीस्लाभ सुप्रिआगा (देश – युक्रेन, क्लब – डाइनामो किएभ, उमेर – २० वर्ष, पोजिसन – सेन्न्तर फरवार्ड, बजार मूल्य – ७ मिलियन युरो)

डोमिनिक जोबोस्लाई (देश – हंगेरी, क्लब – साल्ज्बर्ग, उमेर – १९ वर्ष, पोजिसन – सेन्टर मिडफिल्ड, बजार मूल्य – २५ मिलियन युरो)

टोमस स्टिभ्स (देश – पोर्चुगल, क्लब – पोर्टो, उमेर – १८ वर्ष, पोजिसन – राइट ब्याक, बजार मूल्य – ८ मिलियन युरो)

टोमस टाभारेस (देश – पोर्चुगल, क्लब – बेन्फिका, उमेर – १९ वर्ष, पोजिसन – राइट ब्याक, बजार मूल्य – ७.५ मिलियन युरो)

सान्ड्रो टोनाली (देश – इटाली, क्लब – एसी मिलान, उमेर – २० वर्ष, पोजिसन – डिफेन्सिभ मिडफिल्डर, बजार मूल्य – ३२ मिलियन युरो)

फेरान टोरेस (देश – स्पेन, क्लब – म्यान्चेस्टर सिटी, उमेर – २० वर्ष, पोजिसन – राइट विंगर, बजार मूल्य – ४५ मिलियन युरो)

क्रिस्टोस जोलिस (देश – ग्रिस, क्लब – सालोनिका, उमेर – १८ वर्ष, पोजिसन – लेफ्ट विंगर, बजार मूल्य – ०.४ मिलियन युरो)

भिनिसियस जुनिअर (देश – ब्राजिल, क्लब – रियल म्याड्रिड, उमेर – २० वर्ष, पोजिसन – लेफ्ट विंगर, बजार मूल्य – ४५ मिलियन युरो)

नेको विलियम्स (देश – वेल्स, क्लब – लिभरपुल, उमेर – १९ वर्ष, पोजिसन – राइट ब्याक, बजार मूल्य – ४ मिलियन युरो)

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.