default_image

5 years ago

September 16, 2020

बार्सिलोनामा सुआरेजलाई मौका

117 views

0 Bookmark

एजेन्सी – बार्सिलोनाका फरवार्ड लुइस सुआरेज जिरिनोविरुद्ध बुधबार हुने मैत्रीपूर्ण खेलका लागि टोलीमा समेटिएका छन् ।

नयाँ प्रशिक्षक रोनाल्ड कोम्यानले यसअघि शनिबार जिम्नास्टिकविरुद्धको प्रि सिजनको पहिलो मैत्रीपूर्ण खेलमा सुआरेजलाई समेटेका थिएनन् । सुआरेजका लागि गन्तव्य टोलीको टुंगो लाग्न नसक्दा उनी बार्सिलोनामै प्रशिक्षण गरिरहेका छन् । युभेन्टस जाने प्रक्रिया पूरा हुन नसक्दा सुआरेज अडि्कएका हुन् ।

यसबीचमा बार्सिलोनाले मेम्फिस डेपाएलाई क्लबमा भित्र्याउने प्रक्रिया अन्तिम चरणमा पुर्याएको छ । लियोनसँग सम्पूर्ण सम्झौता पूरा भएर डिपाएसँग पनि सहमति भइसकेको छ । तर ला लिगाको नियम अनुसार खेलाडी बेचेपछि मात्र नयाँ अनुबन्ध गर्न पाइने प्रावधान छ ।

अर्कोतर्फ सुआरेजको सम्झौतामा पनि समस्या रहेको बताइएको छ । ३३ वर्षे फरवार्डले यो सिजन क्लब छाड्न परेको खण्डमा सम्झौता अनुसारको पारिश्रमिक पाउनुपर्नेमा मान्यतामा छन् । तर, बार्सिलोनामा भने तिर्ने पक्षमा छैन । बीचको बाटो निकाल्ने क्रममा बार्सिलोना सुआरेजलाई अर्को एक सिजन क्लबमै राख्नुपर्ने विकल्पमा पनि सोचिरहेको बताइएको छ ।

तर, कोम्यानले भने यसअघि नै उरुग्वेली फरवार्ड आफ्नो योजनामा नरहेको बताएका थिए । त्यसकै संकेतका रुपमा उनले पछिल्लो मैत्रीपूर्ण खेलमा सुआरेजलाई राखेनन् । यदि बार्सिलोना सहमति गर्न असफल भएको खण्डमा एक सिजन सुआरेजलाई राख्नेमा डच प्रशिक्षक तयार हुने अनुमान गरिएको छ ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.