5 years ago
September 17, 2020
एजेन्सी – क्याटलान क्लब बार्सिलोनाले प्रि-सिजनको मैत्रीपूर्ण खेल अन्तर्गत बुधबार भएको खेलमा जिरोनामाथि ३-१ को सहज जित दर्ता गरेको छ । बार्सिलोनाको जितमा कप्तान लिओनेल मेस्सीले दुई तथा फिलिपे कोउटिन्होले १ गोल गरे ।

पहिलो रोजाईमा अनुभवी खेलाडी उतारेको बार्सिलोनाले खेलको सुरुवातदेखि नै बल पोसेसनमा पकड जमाउँदै जिरोनाविरुद्ध आक्रमण बुनेको थियो । २१ औं मिनेटमा मेस्सीको उत्कृष्ट मुभपछि त्रिनकाओले मिलाएको पासमा कोउटिन्होले ट्याप इन गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए । पहिलो हाफको अन्तिम मिनेटमा मेस्सीले लामो दुरीबाट गरेको प्रहार गोलरक्षक कार्लोसले रोक्न नसक्दा बार्सिलोना २-० ले अघि बढ्यो ।
दोस्रो हाफको सुरुवाती मिनेटमा नै जिरोनाले गोल फर्कायो । फ्रेंकी डे जोङले मिडफिल्डमा गल्ति गरेपछि सामु साइजले गोल गर्दै खेलमा फर्कने संकेत दिए । तर कप्तान मेस्सीले ५१ औं मिनेटमा नै बार्सिलोनाको दुई गोलको अग्रता पुन: स्थापना गरे । उनले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहार डिफेन्डरलाई लाग्दै गोल भएको थियो ।
प्रशिक्षक रोनाल्ड कोम्यानले ६० औं मिनेटमा ९ खेलाडी परिवर्तन गर्दै युवा टोलीलाई मैदान उतारे । पछिल्लो टोलीले गोल निकाल्न नसकेपनि प्रदर्शनको तुलनामा भने सुधार ल्यायो । आक्रमणमा थप गति र शक्ति देखिएको युवा टोलीले लगातार अवसर भने सिर्जना गरेको थियो । कोन्राड, पेड्री र डेम्बेलेले आक्रमणमा उत्कृष्ट प्रदर्शन गरेका थिए ।

बार्सिलोनाको टोली :
नेटो: रोबर्टो (सेमेडो ६२’), अराउजो, पिके (लेङलेट ६२’) अल्बा (फिर्पो ६२’): बुस्केट्स (पुज ६२’), डे जोङ (एलेना ६२’): त्रिनकाओ (डेम्बेले ६२’), ग्रिजमन (पेड्री ६२’), कोउटिन्हो (कोन्राड ६२’): मेस्सी (ब्रेथवेट ६२’)
खेलको हाइलाइट्स :
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]