5 years ago
September 17, 2020
एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिड ट्रान्सफर बजारमा सामान्यतया ठूलो अनुबन्धन गर्नका लागि प्रख्यात छ । यस सिजन भने टोलीले खेलाडी भित्र्याउने भन्दापनि खेलाडी विक्रिमा बढी सक्रियता देखाएको छ ।

कोरोना भाइरस संक्रमणका कारण क्लबको आर्थिक अवस्था केहि कमजोर भएपछि अध्यक्ष फ्लोरेन्टिनो पेरेजले यसपटक टोलीको योजनामा नरहेका खेलाडीलाई अन्यत्र बेच्ने रणनीति बुनेका छन् । त्यसै अनुरुप यसअघि लोनमा पठाउने गरेका खेलाडीलाई रियलले स्थायी रुपमा नै बेच्दै आफ्नो आर्थिक अवस्था केहि बलियो बनाउन लागिपरेको छ । युवा खेलाडी नै भएपनि रियलले लोनभन्दा स्थायी सम्झौताकै बाटो रोजेको छ ।
सिजनको सुरुवातमा नै युवा डिफेन्डर अक्रफ हाकिमीलाई रियलले इन्टर मिलान पठाएको थियो । इन्टरले ४० मिलियन युरो तिरेर उनलाई अनुबन्ध गर्न सफल रहयो । यसबाहेक जाभी सान्चेज, ड्यानी गोमेज र डे फ्रुटोसको विक्रीबाट पनि रियलले एकमुष्ठ ८.५ मिलियन युरो आर्जन गर्यो ।
लामो समयदेखि क्लब छाड्न चाहिरहेका मिडफिल्डर हामेस रोड्रीग्वेजलै एभर्टनले अनुबन्ध गर्यो । कार्लो एन्चेलोटिले हामेस अनुबन्ध गर्न २५ मिलियन युरो खर्चदा रियललाई निकै राहत मिलेको थियो । अझ ताकेफुसा कुबोलाई लोनमा एक सिजनका लागि भिल्लारियल पठाउँदा समेत रियलले २.५ मिलियन कमाउन सफल रहयो ।

सेभिल्लाले १३.५ मिलियनमा ओस्कार रोड्रीग्वेजलाई खरिद गरेको छ । यसबाहेक रायो भालेकानोले फ्रान गार्सिया, ग्रानडाले जेसस भालेहो र एसी मिलानले ब्राहिम डियाजलाई लोनमा लिएका छन् । ब्राजिलियन मिडफिल्डर रेनिएर पनि लोनमा जर्मन क्लब बोरुसिया डर्टमुन्ड पुगेका छन् । यी सबैको तलबबारे रियलले सोच्नुपर्ने छैन ।
रियलले अब सर्जियो रेगुइलोनलाई ३० मिलियन युरोमा टोटेनहम हट्स्पर पठाउँदै छ । तीनै पक्षबीच सहमति भइसकेको र केहि दिनमा नै औपचारिक घोषणा हुँदैछ । यसबाहेक टोटेनहमले नै आफ्नो पुराना खेलाडी ग्यारेथ बेललाई फिर्ता लग्ने देखिएको छ । दुई क्लबबिच हाल तलबको विषय सुल्झाउन छलफल भइरहेको छ । तर पूरा तलब लिएर पनि रियलको टोलीमा नरहने देखिएपछि बेलको बहिर्गमनले रियललाई पक्कै राहत हुनेछ ।

रियलले यस सिजन खेलाडी बेचेर मात्र १ सय १९ मिलियन युरो कमाउने देखिएको छ । अझ त्यसमा बेचिएका यी खेलाडीको तलबको हिसाब जोडिएको छैन । खेलाडी खरिदमा शान्त बस्दै आफ्ना युवा मिडफिल्डर मार्टिन ओडेगार्डलाई लोनबाट फिर्ता बोलाएको रियलले अर्को सिजनका लागि बचत गरेको बुझिएको छ । किलियन एमबाप्पेलाई मुख्य लक्ष्य बनाएको रियलले सन् २०२१ मा उनलाई अनुबन्ध गर्न तयारी गरिरहेको छ ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]