5 years ago
September 17, 2020
एजेन्सी – युरोपियन फुटबलको नयाँ सिजन सुरु भइसकेको छ । तर, कोभिड १९ का कारण सोचे जसरी अघि भने सिजन अघि बढ्न सकेको छैन । ला लिगामा गत सिजन राम्रो प्रदर्शन गर्न नसकेको बार्सिलोना लामो समयपछि उपाधि विहिन भएको थियो ।

कप्तान लिओनल मेस्सीले क्लब छाड्न चाहेको प्रसंगका कारण चर्चामा रहेको बार्सिलाना नयाँ सिजनको तयारीमा जुटिसकेको छ । मेस्सी पनि आफ्नो निर्णयबाट पछि हटेर प्रशिक्षणमा जुटेसँगै क्लबले राहत महसुस गरिसकेको छ । ला लिगामा यो सिजन बार्सिलोनाका सुरुवाती दुई खेल स्थगित भइसकेका छन् ।
इल्चे र एथलेटिक बिलबाओविरुद्धको खेल पछि हुनेछ । अब सेप्टेम्बर २७ मा बार्सिलोनाले भिल्लारियलको सामना गर्दै नयाँ सिजनको औपचारिक सुरुवात गर्नेछ । तर टोलीका प्रशिक्षक रोनाल्ड कोम्यानले भने त्यसमा प्रशिक्षकका रुपमा टेक्निकल लाइनमा बस्ने सम्भावना भने कम रहेको छ ।
सिजनको अन्त्यसँगै किके सेटिनलाई बर्खास्त गर्दै सो जिम्मेवारीमा डच कोम्यान नियुक्त भएका थिए । उनको नेतृत्वमा बार्सिलोनाले २ मैत्रीपूर्ण खेल पनि खेलिसकेको छ । तर, स्पेनिस फुटबल महासंघ (आरएफइएफ) मा उनको नियुक्तीको प्रक्रिया पुरा भइनसकेकोले उनी टोलीको खेलमा प्रशिक्षकका रुपमा नरहन सक्छन् ।
पुराना प्रशिक्षक स्टेन र क्लबबीच केहि सहमति हुन बाँकी रहेकोले आरएफएफले कोम्यानको कागजी प्रक्रिया पुरा गर्न नसकेको बताइएको छ । सेटिनलाई बर्खास्त गरेपछि क्षतिपूर्ति रकम तिर्नुपर्नेमा क्लबसंग सहमति हुन सकेको छैन । सेटिनले सहमति गरेर आफू निस्केको जानकारी दिएपछि मात्र कोम्यान दर्ता हुन पाउँछन् । त्यसैले अबको केहि दिनमा बार्सिलोनाले प्रक्रिया पूरा गर्नुपर्ने छ ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]