default_image

5 years ago

September 17, 2020

सुआरेजप्रति कोम्यानको धारणा बदलियो

154 views

0 Bookmark

एजेन्सी – रोनाल्ड कोम्यानले बार्सिलोनाको प्रशिक्षक नियुक्त भएको केहि दिनमै टोलीका फरवार्ड लुइस सुआरेजलाई क्लब बाहिरिन ढोका खुला गरेका थिए । तर, पछिल्लो समय भने उनको सुरुको भनाई बलदिएको छ ।

सुआरेजलाई इटालियन क्लब युभेन्ट्स वा अन्य क्लबमा विक्री गर्ने योजनामा बार्सिलोना सफल नभएपछि कोम्यानले आफ्नो धारणा बदल्नु पर्ने अवस्था देखिएको हो । क्लब सम्हालेको केहि दिनमै डच प्रशिक्षकले सुआरेजलाई नयाँ सिजनका लागि उनी योजनामा नरहेको प्रष्ट पारेका थिए । उनले फोनमार्फत नै सुआरेजलाई आफ्नो निर्णय सुनाएका थिए ।

तर, उनको सुरुवामा केहि जटिलता देखिएको छ । जसका कारण अन्य क्लबमा सरुवा हुने उनको सम्भावना कमजोर हुँदै आएको छ । ‘मैले आज बिहान लुइससँग कुराकानी गरे,’ बुधबार मैत्रीपूर्ण खेलमा बार्सिलोनाले जिरोनालाई हराएको केहि समयमा भएको कुराकानी उल्लेख गर्दै कोम्यानले भने, ‘उनी जान्छन् वा बस्छन् हामी हेरिरहेका छौं । तर हामी सम्झौताको सम्मान गछौं । मैले सुरुवात देखि भनेको छु उनी रहे भने टोलीको अर्को खेलाडीका रुपमा रहनेछन् ।’

फ्रान्सिस्को ट्रिनकाअो र रोनाल्ड अराउजोले बुधबारको मैत्रीपूर्ण खेलमा प्रभावशाली प्रदर्शन गरेका थिए । तर, कोम्यान अन्य युवा खेलाडीबाट पनि प्रभावित छन् । ‘हामीलाई थाहा छ हामीसँग प्रतिभावान अन्य युवा खेलाडी पनि छन् । उनीहरुले अभ्यास र मैत्रीपूर्ण खेलमा राम्रो गरिरहेका छन्’, कोम्यानले थपे,‘ यदि व्यक्तिगत रुपमै भन्नुपर्दा कोनराड डे ला फुन्टे छन् । तर पेड्री, रिक्वीले पनि राम्रो सम्भावना देखाएका छन् ।’

ट्रिनकाअोको प्रदर्शनले फिलिप्पे काउटिन्होलाई फाइदा पुगेको थियो । लिओनल मेस्सीले २ गोल गरेको खेलमा अर्को गोल काउटिन्होले ट्रिनकाअोको पासमा गरेका थिए । ३–१ को जितमा कोउटिन्होको पहिलो गोल थियो ।

लोन अवधि पुरा गरेर यसै सिजन बार्सिलोना फर्केका ब्राजिलियन कोउटिन्होले क्लबमा सहज महसुस गरिरहेको देखिएको छ । ‘ अहिलेको समयमा उनको खेल्ने चाहना उच्च देखिएको छ’, कोम्यानले भने,‘ उनी अभ्यास र खेलमा राम्रो गरिरहेका छन् । उनी क्षमतावान खेलाडी हुन् । उनले आफ्नो प्रशिक्षक र समर्थकको साथ चाहिरहेका छन् ।’

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.