default_image

5 years ago

September 17, 2020

बेलको आगमनले बलियो बन्दै टोटेनहम

216 views

0 Bookmark

एजेन्सी – स्पेनिस टोली रियल म्याड्रिडका विंगर ग्यारेथ बेल आफ्नो पुरानो टोली टोटेनहम फर्किए भने अब आश्चार्य मान्नुपर्ने छैन । रियलमा पछिल्लो समय खलनायक बनेका बेल प्रिमियर टोली फर्के भने जोसे मोउरिन्होको योजनाका लागि भने फाइदाजनक हुन सक्छ ।

रियलका प्रशिक्षक जिनेदिन जिदानको रोजाईमा पर्न नसकेका बेल माउरिन्होका भने प्रिय खेलाडी हुन् । मोउरिन्हो म्यानचेस्टर युनाइटेडमा हुँदा पनि बेल त्यहि जाने चर्चा पनि चलेको थियो । यद्दपी त्यो योजना सफल भएन । यसपटक भने माउरिन्हो सफल हुने विश्वास गरिएको छ । मोउरिन्होले रियालमा रहँदा पनि बेललाई अनुबन्ध गर्ने प्रयास गरेको स्वीकारेका छन् ।

रियलकै अर्का खेलाडी सर्जियो रिगुइलोन टोटेनहम पुगिसकेका छन् । बेल, रिगुइलोनसहितको पहिलो रोजाई उतार्न सकेको खण्डमा माउरिन्होले यो सिजन उपाधिको दाबी गर्ने सम्भावना पनि रहने विश्वास गरिएको छ । बेल टोटनहम गएको अवस्थामा टोलीको पहिलो रोजाई यस्तो हुन सक्दछ ।

टोटेनहमका कप्तान तथा गोलरक्षक ह्युगो लोरिसले अझै केहि वर्ष उक्त पोजिसन आफ्नो बनाएका छन् । गत सिजन चोटका कारण लामो समय बाहिर रहेका लोरिस आफ्नो करिअरको उच्च फर्ममा छन् । डिफेन्समा यसै सिजन वल्भ्सबाट लन्डन पुगेका म्याट डोहर्टि रहनेछन् । सेन्टर डिफेन्समा टोबी आल्डरवेरल्डलाई एरिक डाएरले साथ दिनेछन् । मोउरिन्होको आगमनसँगै डाएर नियमित रुपमा डिफेन्समा खेल्न थालेका हुन् ।

लेफ्ट ब्याक भूमिकामा सर्जियो रेगुइलोन रहनेछन् । गत सिजन सेभिल्लाबाट खेल्दै ला लिगाकको उत्कृष्ट लेफ्ट ब्याक घोषित उनले ५ वर्षको सम्झौता गरिसकेका छन् । मिडफिल्डमा साउथह्याम्पटन छाडेर मोउरिन्होको टोलीमा समावेश भएका पिएर इमिल होएबिएर हुनेछन् । यस्तै उनलाई एकेडेमीबाट आएका ह्यारी विंक्सले साथ दिनेछन् । मिडफिल्डर मुसा सिसोको र टान्गी एनडोम्बेले पनि सुरुवाती एघारका लागि प्रतिस्पर्धामा हुनेछन् ।

बेलको आगमनसँगै टोटेनहमको आक्रमण निकै बलियो हुनेछ । विश्वका उत्कृष्ट मध्यका फरवार्ड ह्यारी केन टोटेनहमका स्टार हुन् । उनीसँगै ह्युङ मिन सन र लुकास मोउराले पनि टोलीको आक्रमणमा जोड पुर्याएका छन् । डेले अली र जिओभानी लो सेल्सोले आक्रमण मिडफिल्ड सम्हाल्दै टोलीलाई थप मजबुती दिएका छन् ।

सम्भवत पहिलो रोजाई : ह्युगो लोरिस, माट डोहर्टी, टोबे एल्डरवरल्ड, एरिक डाएर, सर्जियो रेगुइलोन, पिएर इमिल होएबिएर, ह्यारी विंक्स, जिओभानी लो सेल्सो, ग्यारेथ बेल, सन ह्युङ मिन, ह्यारी केन ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.