5 years ago
September 18, 2020
एजेन्सी – जर्मन च्याम्पियन बायर्न म्युनिखबाट स्पेनिस मिडफिल्डर थियागो अलकान्टारा इंग्लिस प्रिमियर लिग च्याम्पियन लिभरपुलमा अनुबन्धित भएका छन् ।

मर्सिसाइड क्लब लिभरपुलले थियागोलाई २० मिलियन पाउन्डमा चार वर्षको लागि अनुबन्ध गर्न राजी भएको हो । थप बोनससहित यो रकम २५ मिलियन पाउन्ड पुग्नसक्ने छ । लिभरपुलले गत जुलाई देखि नै थियागोलाई अनुबन्ध गर्ने योजना बनाएको थियो । लिभरपुलमा आउने चर्चासँगै २९ वर्षीय थियागोले बायर्नमा सम्झौता नविकरण नगर्ने निर्णय लिएका थिए ।
बायर्नमा उनको सम्झौता अझै एक वर्ष बाँकी थियो । लिभरपुलमा थियागोले आफ्नो रोजाईको जर्सी नम्वर ६ नै लगाउने पक्का भएको क्लबले जनाएको छ । हाल इंग्लिस क्लब म्यानेचस्टर सिटीका तथा बार्सिलोनाका पुर्व प्रशिक्षक पेप ग्वार्डिओलाले थियागोलाई बायर्नमा सन् २०१३ मा बार्सिलोनाबाट अनुबन्ध गरेको थिए । बायर्न म्युनिखले यो सिजन च्याम्पियन्स लिगको उपाधिसहित ट्रेबल जित्दा उनी टोलीका महत्त्वपुर्ण सदस्य रहेका थिए ।
क्याटलान क्लब बार्सिलोनाबाट व्यवसायिक खेल करियर शुरु गरेका थियागोले बायर्न म्युनिखबाट ७ बुन्डेसलिगा, चार डिएफवी पोकल, तीन सुपर कप र समान एकपटक फिफा क्लब वल्डकप र युइएफए च्याम्पियन्स लिग जितेका छन् । उनले बायर्नबाट २३५ खेलमा ३१ गोल गरेका छन् ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]