default_image

5 years ago

September 17, 2020

बायर्नका थियागो लिभरपुल आउने

177 views

0 Bookmark

एजेन्सी – युरोपेली च्याम्पियन बायर्न म्युनिखका मिडफिल्डर थियागो अलाकान्टरा प्रिमियर लिग च्याम्पियन लिभरपुल आउने भएका छन् ।

बायर्न म्युनिखसँग सम्झौताको अन्तिम वर्षमा रहेका थियागोलाई अनुबन्ध गर्न लिभरपुलले ३० मिलियन युरो खर्च गर्न राजि भएको हो । यसअघि बायर्नले माग गरेको रकम दिन लिभरपुलले आनाकानी गरेको थियो । तर प्रशिक्षक योर्गेन क्लोपले थियागोलाई अनुबन्ध गर्न क्लबसमक्ष दबाब दिएपछि व्यवस्थापनले बायर्नको माग पूरा गर्दै थियागोलाई भित्र्याएको हो ।

२९ वर्षीय स्पेनिस मिडफिल्डरलाई अनुबन्ध गर्न म्यानचेस्टर युनाइटेडले पनि इच्छा व्यक्त गरेको थियो । यस्तै बायर्नले पनि थियागोलाई ४ वर्षको नयाँ सम्झौता प्रस्ताव गरेको थियो । तर थियागोले अन्तिम समयमा आफ्नो निर्णय बदल्दै नयाँ चुनौतीका लागि प्रिमियर लिग जाने निर्णय लिएका हुन् । थियागोले लिभरपुल र म्यानचेस्टर युनाइटेड दुवै क्लबसँग छलफल गरेको बायर्नका बोर्ड सदस्य उली होनेसले बताए ।

थियागोलाई अनुबन्ध गर्न म्यानचेस्टर युनाइटेडले भने कुनै आधिकारिक प्रस्ताव राखेको थिएन । लिभरपुलले भने माग गरेभन्दा कम रकम प्रस्ताव गर्दै थियागो अनुबन्ध गर्न खोजेको थियो । तर होनेसका अनुसार लिभरपुल र युनाइटेडले ट्रान्सफर विन्डोको अन्तिमसम्म थियागोको भाउ घटाउने प्रयास गरेका थिए । बायर्नले कुनै हालतमा कम रकममा नबेच्ने बरु एक सिजनपछि फ्री ट्रान्सफरमा जान दिने बताएपछि लिभरपुल दबाबमा आएको थियो ।

बार्सिलोनाको एकेडेमी ला मासियामा हुर्किएका थियागोले बायर्नमा सम्भव सबै उपाधि जितेकाले नयाँ चुनौतीका लागि यो निर्णय लिएको बुझिएको छ । बायर्नले थियागोलाई प्रिमियर लिग क्लबले दिएजति तलब दिने बताएपनि आर्थिक पाटोमा कुनै समस्या नरहेको बताएको छ । च्याम्पियन्स लिग उपाधि जित्नुअघि थियागो दुविधामा रहेपनि उक्त जितपछि थियागोले सम्भव सबै उपाधि जितेको भन्दै क्लब छाड्न चाहेका थिए ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.