default_image

5 years ago

September 18, 2020

बेल र रेगुइलोन टोटेनहम जाने

172 views

0 Bookmark

एजेन्सी – रियल म्याड्रिडका दुई खेलाडी ग्यारेथ बेल र सर्जियो रेगुइलोन शुक्रबार स्पेनबाट बेलायत जाने भएका छन् । रियलबाट टोनेहम सरुवाको प्रक्रियाका लागि उनीहरु लन्डन जान लागेको बताइएको छ ।

बेल पूर्व क्लबमा एक वर्षे लोनका लागि आबद्ध हुन लागेको बताइएको छ । पछि भने उनी स्थायी रुपमा नै क्लबको हिस्सा हुन सक्नेछन् । त्यसका लागि उनले वार्षिक ३० मिलियन युरो र अन्य थप सुविधा प्राप्त गर्नेछन् ।

बेल र रेगुइलोनले बिहीबार रियलमा अन्तिम दिनका रुपमा बिताए । शुक्रबार बिहानै उनीहरु लन्डनका लागि उड्ने बताइएको छ । उनीहरु सिधै टोटेनहमको मैदानमा पुग्ने जनाइएको छ । रियलले आफ्ना स्टार बेल प्रिमियर लिग टोलीमा आबद्धताको नजिक रहेको मानेको छ । यद्दपी बेल र टोटेनहमबीच सम्झौताको केहि विषयमा भने अझै टुंगो लाग्न बाँकी रहेको उल्लेख गरिएको छ ।

टोटेनहमका प्रशिक्षक जोसे माउरिन्हो बेलप्रति सकारात्मक भएकै कारण क्लबका अध्यक्ष ड्यानीएल लेभीले उनीसँगको सम्झौताका लागि प्रयास गरेका थिए । अब बेल पूर्व क्लबको पुनरागनको अत्यन्तै नजिक छन् । सन् २०१३ मा टोटेनह्यामले रियललाई बेल विक्री गरेको थियो ।

रियलका प्रशिक्षक जिनेदिन जिदानसँग बेलको सम्बन्ध खासै राम्रो हुन सकेन । त्यहि कारण पनि उनी क्लब छाड्न चाहिरहेका थिए । जिदान ३१ वर्षे फरवार्डले क्लब छाडे हुने आशय व्यक्ति गरिरहेका हुन्थे । शुक्रबार नै उनको सरुवा प्रक्रिया पुरा हुने अनुमान गरिएको छ । यद्दपी दुवै खेलाडीले बेलायत सरकारले तय गरेका न्युनतम मापदण्ड भने पुरा गर्नुपर्नेछ ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.