5 years ago
September 18, 2020
एजेन्सी – विश्व फुटबलकै उत्कृष्ट खेलाडी मध्येका एकका रुपमा परिचय बनाएका अर्जेन्टिनी लिओनल मेस्सीका नामा थुप्रै कीर्तिमान छन् । यहि क्रममा उनले अर्को इतिहास बुनेका छन् ।

मेस्सी बार्सिलोनामा आबद्ध भएको २० वर्ष पुरा भएको छ । उनी पहिलो पटक सन् २००० सेप्टेम्बर १७ मा बार्सिलोना पुगेका थिए । सुरुवाती समय ला मासियामा बिताएका उनी अर्जेन्टिनाको नेवेल्स ओल्ड ब्वाइजबाट बार्सिलोना आएका थिए । यो वर्ष उनले सिनियर टोलीबाट खेलेको १७ औं सिजन हो । यो अवधिमा उनले आफुलाई ब्राम्हान्डकै सफल खेलाडीका रुपमा स्थापित गराउन सफल भएका छन् ।
फुटबल इतिहासमै सफल खेलाडीमध्ये उनी एक भएको मान्ने थुप्रै छन् । बार्सिलोनामा उनका थुप्रै अविष्मरणीय क्षण छन् । गत सिजनको अन्त्यमा उनले बार्सिलोना छाड्न चाहेको पत्र क्लबलाई लेखेका थिए । तर, क्लब उनलाई छाड्न तयार भएन ।
७ सय मिलियन युरो रिलिज क्लज तिरेको खण्डमा मात्र क्लब उनलाई छाड्न तयार भएपछि कप्तान मेस्सीले आफ्नो निर्णय बदले र कम्तीमा यो सिजन बार्सिलोनामै रहने निर्णय गरे । जसले गर्दा बार्सिलोनामा उनको २० वर्ष पुरा भएको छ ।
६ पटक बालोन डी ओर जितेका मेस्सीले बार्सिलोनाको अधिकांश उपाधिमा महत्त्वपूर्ण भूमिकामा रहँदै आएका छन् । मेस्सीले बार्सिलोनामा १० पटक ला लिगा उपाधि, ६ पटक कोपा डेल रे, ७ पटक सुपरकोपा डी स्पाना, ४ पटक च्याम्पियन्स लिग, ३ पटक सुपर कप र ३ पटक फिफा क्लब विश्वकप जितेका छन् ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]