5 years ago
September 18, 2020
एजेन्सी – जर्मन फुटबलको ११ औं श्रेणीअन्तर्गत आइतबारको खेलमा रिपडोर्फले खेल अवधिभर सामाजिक दुरी कायम गर्दा एसभी होल्डेनस्टेटसँग ३७-० को हार बेहोरेको छ ।

होल्डेनस्टेटको अघिल्लो खेलको प्रतिद्वन्द्वीका एक खेलाडीमा कोरोना संक्रमण देखिएपछि रिपडोर्फले खेल स्थगित गर्न माग गरेको थियो । तर लिगले उक्त प्रस्ताव अस्विकार गरेपछि रिपडोर्फ खेलमा उत्रन बाध्य भयो । यदि खेलमा उपस्थित नहुँदा टोलीले स्वत: हार बेहोरेसंगै आर्थिक जरिवाना पनि बेहोर्ने थियो ।
रिपडोर्फका खेलाडीले होल्डेनस्टेटसँग प्रतिस्पर्धा गर्न नमानेपछि क्लबले सामाजिक दुरी कायम गरेर नै खेल्ने निर्णय लियो । खेलका लागि चाहिने न्युनतम ७ खेलाडीलाई मात्र मैदान पठाएको रिपडोर्फका खेलाडीले बलमा जुध्न गएनन् । खेलको सुरुवातमा बल चलाएर विपक्षीलाई पास दिएपछि रिपडोर्फका खेलाडी मैदानकको एक छेउमा बसेका थिए ।
पराजित रिपडोर्फका सह अध्यक्ष प्याट्रिक रिसोले विपक्षी टोलीले अवस्थाको गाम्भीर्यता नबुझेको आरोप लगाए । ‘ होल्डेनस्टेटले हामी कस्तो स्थितिबाट गुज्रिरहेको बुझ्न सकेन । हामी कुनै जोखिम लिने अवस्थामा थिएनौं । हाम्रा कति खेलाडीले खेल्ने मन गरेनन् र उपलब्ध केहिलाई पनि सामाजिक दुरीका रुपमा दुई मिटर टाढा नै रहन भनेका थियौं,’ उनले भने ।
यता क्खेल दौरान २-३ मिनेटको अन्तरमा गोल गरेको होल्डेनस्टेटका प्रशिक्षक फ्लोरियन सिएरवाटरले भने खेल रोक्नुपर्ने अवस्था नरहेको बताए । ‘खेल रोक्नुपर्ने कारण थिएन । हाम्रो टोली संक्रमितसँग प्रत्यक्ष सम्पर्कमा आएको थिएन । हाम्रा कति खेलाडीले त परिक्षण पनि गर्नु परेन,’ उनले प्रष्ट पारे ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]