default_image

5 years ago

September 18, 2020

ज्लाटनको गोलमा मिलानको जित

172 views

0 Bookmark

एजेन्सी – भेट्रान फरवार्ड ज्लाटन इब्राहिमोभिचको गोलमा इटालियन क्लब एसी मिलानले युइएफए युरोपा लिगको छनोटमा सहज जित निकालेको छ । मिलानले आयरल्यान्डको सामरक रोभर्समाथि उसकै मैदानमा २–० को सहज जित हात पारेको हो ।

टल्लाट स्टेडियम डब्लिनमा बिहीबार राति भएको खेलमा मिलानको जितमा ज्लाटनसँगै हकान चाल्हानोग्लुले गोल गरे । पहिलो र दोस्रो हाफमा समान एक गोल भएको थियो ।

घरेलु टोलीविरुद्ध खेलको सुरुवात देखि नै बल पोजेसनमा पकड बनाएको मिलानले खेलको २३औं मिनेटमा अग्रता लिएको थियो । हकान कलहानोग्लुको पासमा अनमार्क कै अवस्थामा रहेका इब्राहिमोभिचले पेनाल्टी बक्सभित्रबाट गरेको प्रहार सिधै गोलमा परिणत भएको थियो ।

त्यसअघि १२औं मिनेटमा हकान चाल्हानोग्लुको फ्रिकिकमा इब्राहिमोभिचको हेडर पोस्टबाट थोरै बाहिरिएको थियो । १४औं मिनेटमा ज्याक ब्रायनको प्रहारलाई मिलानका गोलरक्षक एन्टोनियो डोनरुम्माले विफल पारेका थिए ।

२५औं मिनेटमा ज्लाटनको पासमा स्यामुइल क्यास्टेलेजोले गोलरक्षक एलान मानसलाई बिट गर्दै गरेको प्रहारलाई आरोन म्याकइनेफले गोललाइनबाट बचाउदै अर्काे गोल टारे । २८औं मिनेटमा मिलानका गोलरक्षक डोनरुम्माले अर्काे उत्कृष्ट बचाउ गर्दै मिलानको बराबरी टारे ।

आरोन ग्रिनीको पासमा ग्यारी ओनिलको प्रहारलाई डोनररुम्माले बचाएका थिए । ४४औं मिनेटमा हकान चाल्हानोग्लुको प्रहारलाई रोवर्टाे लोपेसले उत्कृष्ट ब्लक गरे । त्यसमै रिवाउन्डमा ज्लाटनले मौका पाएपनि उनको प्रहारले पोस्टको दिशा लिन सकेन ।

५४औं मिनेटमा ज्लाटनको प्रहार क्रस बारमा लागेर बाहिरिदा मिलान अग्रता दोब्बर बनाउनबाट चुक्यो । ६७औं मिनेटमा चाल्हानोग्लुले गोल गर्दै मिलानलाई २–० को अग्रता दिलाए । उनले एलेक्सिसको पासमा गोल गर्न सफल भएका थिए ।

७२औं मिनेटमा सामरकले गोल अन्तर घटाउने अवसर पाएपनि मिलानका गोलरक्षक बाधक बने । त्यसपछि दुवै टोलीले केही आकर्षक मुभ बनाएपनि गोल निस्कन नसक्दा मिलान २–० ले विजयी हुन सफल भयो ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.