default_image

5 years ago

September 18, 2020

मेस्सीले ‘एल क्लासिको’ गुमाउन सक्ने

141 views

0 Bookmark

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाका कप्तान लियोनेल मेस्सीले सिजनको पहिलो ‘एल क्लासिको गुमाउने सम्भावना बढेको छ ।

अन्तर्राष्ट्रिय ड्युटी र त्यसपछि अनिवार्य १४ दिनको क्वारेन्टिनमा बस्नुपर्ने भएका कारण रोनाल्ड कोम्यानले आफ्नो स्टार मेस्सीविनै सिजनको पहिलो क्लासिको खेल्नुपर्ने सम्भावना रहेको हो । अर्जेन्टिनाले अर्काे महिना विश्वकप छनोट अन्तर्गत इक्वेडर र बोलिभियासँग खेल्ने तालिका छ । अर्जेन्टिनाले ८ अक्टोबरमा इक्वेडर तथा १३ अक्टोबरमा बोलिभियासँग खेल्ने तालिका छ ।

स्पेनमा हालको नियमअनुसार दक्षिण अमेरिकी राष्ट्रबाट स्पेन आउनेहरु अनिवार्य १४ दिन क्वारेन्टिनमा बस्नुपर्नेछ । सोही समयमा सिजनको पहिलो एल क्लासिको अर्थात रियल म्याड्रिडसँगको खेल पर्ने भएकाले मेस्सीले गुमाउने सम्भावना बढेको हो । ला लिगाको खेल तालिका अनुसार मेस्सीले गेटाफे, एलाभेस र रियल म्याड्रिडविरुद्धको खेल गुमाउने सम्भावना छ ।

विश्व फुटबलको सर्वाेच्च निकाय (फिफा) ले युरोपमा रहेका दक्षिण अमेरिकी खेलाडी छनोट खेलको लागि उपलब्ध गराउनुपर्ने बताएपछि क्लबहरुले यसमा असहमति जनाएका छन् । अर्जेन्टिना आफ्नो कप्तानलाई टोलीमा समेट्दै विश्वकप छनोट खेल्ने योजनामा रहँदा बार्सिलोनाका नयाँ प्रशिक्षक रोनाल्ड कोम्यान पनि मेस्सीलाई रियल म्याड्रिडविरुद्धको खेल गुमाउन चाहदैनन्।

सबै पक्षबीच यस विषयमा छलफल भइरहेको बुझिएको छ । क्लबबाट राष्ट्रिय टोलीमा जाँदापनि स्वास्थ्यको हिसाबले गम्भीर रहेको वातावारणमा खेल हुने भएकाले क्वारेन्टिनमा कडाइ नगर्न क्लबहरुको आग्रह रहेको छ । मेस्सीले ला लिगाको नयाँ सिजन सुरु हुनु अघि खेलिएको अन्तिम मैत्रीपुर्ण खेलमा दुई गोल गरिसकेका छन् ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.