5 years ago
September 18, 2020
एजेन्सी – फ्रेन्च लिग वानमा सेन्ट इटिएनले लगातार तेस्रो जित निकालेको छ । बिहीबार राति भएको खेलमा मार्सेलाई २–० ले पराजित गर्दै लगातार तेस्रो जित निकालेको हो ।

इटिएनले मार्सेलाई उसकै मैदानमा हराएको हो । सेन्ट इटिनेको जितमा रोमेन हामोउमा र डेनिस बोउअंगाले गोल गरे । पहिलो र दोस्रो हाफमा समान एक गोल सम्भव भएको थियो । खेलको छैटौं मिनेटमा रोमेन हामोउमा गोल गर्दे सेन्ट इटिनेलाई अग्रता दिलाएका थिए । उनले माकोनको पासमा गोल गरेका थिए ।
७५औं मिनेटमा डेनिस बोउअंगाले अर्नाउड नोर्दिनको पासमा गोल गर्दै सेन्ट इटिनेको जित पक्का गरे । बल पोजेसनमा घरेलु टोलीले पकड बनाएपनि सेन्ट इटिनेको बलियो रक्षापङ्ति टोड्न नसक्दा मार्से पराजित हुन पुग्यो । मार्सेका लागि पीएसजीविरुद्ध खेलमा प्रतिबन्ध भोगेका डिफेन्डर जोर्डन अमाभी र डारियो बेनेडेटो उपस्थित रहेका थिएनन् ।

जितसँगै सेन्ट इटिने लिग वानको शीर्षस्थानमा उक्लिएको छ । अपराजित रहेको सेन्टको ३ खेलबाट ९ अंक पुगेको छ । पराजित मार्से ६ अंक जोडेर आठौं स्थानमा छ । साविक विजेता पीएसजी ३ अंक जोडेर १५औं स्थानमा छ ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]