5 years ago
September 18, 2020
एजेन्सी – आधुनिक फुटबलका हस्तीद्वय क्याटलान क्लब बार्सिलोनाका कप्तान लियोनेल मेस्सी र इटालियन क्लब युभेन्ट्सका क्रिस्टियानो रोनाल्डो युइएफए च्याम्पियन्स लिगको ‘फरवार्ड अफ दि सिजन’ अवार्डको मनोनयनमा पर्न असफल भएका छन् ।

मेस्सी र रोनाल्डो उनीहरुको उदयपछि पहिलोपटक युइएफएको पोजिसन स्तरीय अवार्डमा पर्न असफल भएका हुन् । अवार्डको चार विधामध्ये च्याम्पियन्स लिग विजेता बायर्न म्युनिखका सबैभन्दा धेरै ७ खेलाडी मनोनयनमा परेका छन् ।

यस्तै च्यापिम्पयनस लिग उपविजेता फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) बाट तीन खेलाडी मनोनयनमा परेका छन् । स्पेनिस क्लब एट्लेटिको म्याड्रिडका एक र इंग्लिस क्लब म्यानचेस्टर सिटीका एक खेलाडी मनोनयनमा परेका छन् ।

अघिल्लो सिजनका ३२ क्लबका प्रशिक्षक र ५५ जना खेल पत्रकारले चार विधाबाट हरेक खेलाडीलाई ५, ३ र १ अंक प्रदान गर्नुपर्नेछ । प्रशिक्षकले आफ्नै टोलीका खेलाडीलाई बढी अंक दिन पाइनेछैन । अवार्ड विजेताको घोषणा च्याम्पियन्स लिगको ड्र सार्वजनिक गरिने कार्यक्रममा हुनेछ । जुन अक्टोबर १ मा स्वीट्जरल्यान्डको न्योनमा हुनेछ ।

सोही दिन नै युइएफएले युइएफए पुरुष वर्ष खेलाडी र युइएफए वर्ष महिला खेलाडी घोषणा गर्नेछ ।
गत सिजन च्याम्पियन बनेका इंग्लिस क्लब लिभरपुलका एलिसन बेकर उत्कृष्ट गोलरक्षक, लिभरपुलकै भर्जिल भान डाइक उत्कृष्ट डिफेन्डर, आयाक्स तथा बार्सिलोनाका फ्रान्की डि जोङ उत्कृष्ट मिडफिल्डर बार्सिलोनाकै लियोनेल मेस्सी उत्कृष्ट फरवार्ड चुनिएका थिए ।

मनोनयनमा परेका खेलाडी
गोलरक्षक – केलर नाभास (पीएसजी), म्यानुयल नोयर (बायर्न) र जान ओब्लाक (एट्लेटिको म्याड्रिड)
डिफेन्डर – डेभिड अलावा (बायर्न), अलफन्सो डाभिस (बायर्न) र जोसुवा किम्मिच (बायर्न)
मिडफिल्डर – केभिड डि ब्रुयन (म्यानचेस्टर सिटी), थोमस मुलर (बायर्न) र थियागो अलकान्तरा (बायर्न)
फरवार्ड – रोवर्ट लेवान्डोस्की (बायर्न), केलियन एमबाप्पे (पीएसजी) र नेयमार (पीएसजी)

December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]