default_image

5 years ago

September 18, 2020

च्याम्पियन बायर्नलाई साल्केको चुनौती

112 views

0 Bookmark

एजेन्सी – जर्मन बुन्डेसलिगाको नयाँ सिजन आज (शुक्रबार) बाट सुरु हुँदैछ । नयाँ सिजनको पहिलो दिन एक खेलमा मात्रै प्रतिस्पर्धा हुनेछ ।

पहिलो दिनको पहिलो खेलमा साविक विजेता बायर्न म्युनिखले घरेलु मैदानमा साल्केको आतिथ्यता गर्दैछ । खेल बायर्नको मैदान एलिएन्ज एरिनामा नेपाली समयअनुसार राति १२ः१५ बजे सुरु हुनेछ ।
च्याम्पियन बायर्न घरेलु मैदानमा साल्केलाई पराजित गर्दै सुखद सुरुवात गर्ने लक्ष्यमा हुनेछ ।

साल्केविरुद्ध बायर्नका रोवर्ट लेवान्डोस्की मुख्य हतियार हुनेछन् । उनले अघिल्लो सिजन पनि ३१ खेलमा ३४ गोल गरेका थिए । उनलाई थोमस मुलर, लिरोए साने, सर्जी जिनाब्री, जोसुवा किम्मिच, अलफन्सो डाभिस, डेभिड अलवा, निकलस सुल र कप्तान म्यानुयल नोयरले साथ दिनेछन् ।

लिरोए सानेले बायर्नबाट डेब्यु गर्ने सम्भावना रहँदा किङ्सले कोमानले खेल्ने सम्भावना न्युन छ । थियागो अलकान्तरा लिभरपुल जाने तयारीमा छन् । यता, साल्के पनि बायर्नलाई स्तब्ध पार्दै सुखद सुरुवात गर्ने लक्ष्यमा हुनेछ । तर, बलियो टोलीविरुद्ध साल्केलाई गाह्रो हुनेछ । अघिल्लो सिजनको दुवै खेलमा बायर्न विजयी भएको थियो ।

बायर्नले घरेलु मैदानमा ५–० को जित निकाल्दा साल्केको मैदानमा १–० को जित निकालेको थियो । बायर्न सोही जितलाई निरन्तरता दिने दाँउमा रहँदा साल्के पनि बायर्नसँगको हारको श्रृंखला तोड्ने दाँउमा हुनेछ ।

यि दुई टोली हालसम्म २७ पटक आमनेसामने हुदा २१ पटक बायर्न र ३ पटक साल्के विजयी हुदा ३ खेल बरारबरीमा टुंगिएको छ । साल्केले पछिल्लोपटक २०१० मा २–० को जित निकालेको थियो । त्यसयता साल्केले बायर्नलाई हराउन सकेको छैन ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.