5 years ago
September 18, 2020
एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका पोर्चुगिज मिडफिल्डर बुर्नो फर्नान्डेसले ‘सर म्याट बस्बी प्लेयर अफ दि इयर’ अवार्ड जितेका छन् ।

युनाइटेड आएका पहिलो सिजनमा नै फर्नान्डेसले सर म्याट बस्बी प्लेयर अफ दि इयर अवार्ड जितेका हुन् । क्लबको समर्थकको भोटको आधारमा फर्नान्डेसले अवार्ड जितेका हुन् । जनवरीमा पोर्चुगिज क्लब स्पोर्टिङ लिस्वनबाट युनाइटेड पुगेका फर्नान्डेसले गत सिजन २२ खेलमा १२ गोल र ८ गोलका लागि असिस्ट दिएका थिए ।
म्यानचेस्टर युनाइटेडको पूर्व प्रशिक्षक सर म्याट बस्बीको सम्मानमा युनाइटेडले हरेक वर्ष यस अवार्ड प्रदान गर्ने गर्छ । युनाइटेडका गोलरक्षक डेभिड डि गेयाले सर्वाधिक चारपटक जितेका छन् । यस्तै क्रिस्टियानो रोनाल्डोले ३ पटक जितेका थिए ।
स्पोर्टिङ लिस्बनको मागअनुसार नै ट्रान्सफर रकम तिर्दै ब्रुनो लामी समयको प्रतीक्षापछि जनवरीमा युनाइटेड आएका थिए । प्रशिक्षक ओले गनर सोल्सायरको नेतृत्वमा टोलीले अपेक्षित प्रदर्शन गर्न सकेको थिएन । मिडफिल्डर पल पोग्बाको चोट र सम्बन्धमा आएको चिसोपनले प्रत्यक्ष असर गरेको देखिन्थ्यो ।
मिडफिल्डको मध्यभागमा खेल्ने ब्रुनोले आक्रमणमा बेग्लै शक्ति थपेका छन् । रक्षात्मक रणनीतिमा पनि उनको उपस्थिति देखिन्छ । उनले बल पोसेसनसँगै फरवार्डहरुलाई प्रयोग गर्ने क्षमता राख्दछन् ।

प्रिमियर लिगमा आउने बितिकै ब्रुनोले छोडेको प्रभाव प्रशंसनीय छ । सामान्यतया अन्य लिगको तुलनामा प्रिमियर लिग कठिन मानिने गर्छ । प्रतिद्वन्द्वीको स्तरमात्र नभएर यसले माग गर्ने शक्ति जो कोहिले सुरुवातमै मिलाउन सक्दैन । तर ब्रुनोको प्रदर्शन हेर्दा उनले लामो समयदेखि यसै लिगमा खेलेझैं लाग्छ ।
ब्रुनो खेलमा जोखिम लिन माहिर खेलाडी हुन् । सधैं बलकै वरपर रमाउने उनी सकेसम्म चाडो बल अगाडी बढाउन खोज्छन् । उनी सामान्यतया छोटो र सहज पास खेल्न चाहदैनन् । उनको खुट्टामा बल परेपछि केहि फरक हुन्छ भन्ने अपेक्षा हुन्छ र उनले कमै मात्र निराश तुल्याउँछन् । लगातार राम्रो प्रदर्शनका कारण नै उनले क्लबका लागि पहिलो सिजनमा कम खेल खेलेपनि अवार्ड जित्न सफल रहे ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]