default_image

5 years ago

September 19, 2020

जिनाब्रीको ह्याट्रिक, साल्केको पोस्टमा बायर्नको ८ गोल

158 views

0 Bookmark

एजेन्सी – सर्ज जिनाब्रीको ह्याट्रिक मद्दतमा च्याम्पियन बायर्न म्युनिखले नयाँ सिजनको जर्मन बुन्डेसलिगामा सानदार सुरुवात गरेको छ । बायर्नले घरेलु मैदानमा साल्केमाथि ८–० को प्रभावशाली जित निकालेको हो ।

बायर्नको जितमा जिनाब्रीले ह्याट्रिक पुरा गर्दा रोवर्ट लेवान्डोस्की, लियोन गोरेट्जका, थोमस मुलर र बायर्नका लागि ‘डेब्यु’ खेल खेलिरहेका लिरोए सानेले पनि गोल गरे । पहिलो हाफमा ३ तथा दोस्रो हाफमा ५ गोल सम्भव भएको थियो ।

एलिएन्ज एरिनामा शुक्रबार राति गोलको वर्षा भएको खेलमा बायर्नले खेलको चौथो मिनेटमा नै जिनाब्रीको गोलबाट बायर्नले अग्रता बनाएको थियो । मैदानको मध्यभागबाट जोसुवा किम्मिचले दिएको लामो पासलाई जिनाब्रीले नियन्त्रणमा लिदै पेनाल्टी बक्सभित्रबाट गरेको प्रहार गालमा परिणत भएको थियो ।

१९औं मिनेटमा लियोनले गोल गर्दै बायर्नको अग्रता दोब्बर पारे । थोमस मुलरको पासमा लियोनले पेनाल्टीबक्सको ठीक बाहिरबाट गरेको प्रहारलाई साल्केका गोलरक्षकले रोक्ने कुनै अवसर नै पाएन । २६औं मिनेटमा साल्केका गोलरक्षक राल्फ फहरमानले जिनाब्रीको पासमा जोसुवाको प्रहारलाई विफल पारेका थिए ।

३१औं मिनेटमा बायर्नले पेनाल्टी गोलमार्फत खेलमा ३–० को अग्रता लिन सफल भयो । पेनाल्टी बक्समा ओजन कावकले आफैलाई फल गरेपछिको प्राप्त पेनाल्टीमा लेवान्डोस्कीले गोल गर्न सफल भएका थिए ।

दोस्रो हाफको शुरुमै जिनाब्रीले व्यक्तिगत दोस्रो तथा टोलीको लागि चौथो गोल गर्दै बायर्नलाई फराकिलो जिततर्फ अग्रसर गराए । जिनाब्रीकै पासमा लिरोए सानेले एक डिफेन्डर र गोलरक्षकलाई बिट गर्दै दिएको पासमा जिनाब्रीले खाली पोस्टमा जाली चुमाएका थिए ।

५९औं मिनेटमा जिनाब्रीले ह्याट्रिक पुरा गर्दा बायर्नले खेलमा ५–० को अग्रता लियो । लिरोए सानेले अघि बढ्दै एक डिफेन्डर र गोलरक्षकलाई बिट गर्दै दिएको पासमा जिनाब्रीले ह्याट्रिक पुरा गरे ।६९औं मिनेटमा लेवान्डोस्कीको पासमा थोमस मुलरले गोल गरेपछि बायर्न खेलमा ६–० ले अघि बढ्यो ।

त्यसको दुई मिनेटपछि जोसुवा किम्मिचको पासमा लिरोए सानेले बायर्नका लागि पहिलो गोल गरे । ८१औं मिनेटमा लेवान्डोस्कीकै पासमा सब्सिच्युट जमल मुसिएलाले गोल गर्दै बायर्नलाई ८–० को फराकिलो जित दिलालए ।

जमल ७३औं मिनेटमा सर्ज जिनाब्रीको स्थानमा मैदान छिरेका थिए ।
साल्केले भने कुनै पनि समय बायर्नको पोस्टमा गतिलो आक्रमण बुन्न सकेन । जितसँगै बायर्नले ३ अंक जोडेको छ । पराजित साल्के अंकविहीन छ ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.