default_image

5 years ago

September 19, 2020

क्लब विश्वकप स्थगित

140 views

0 Bookmark

एजेन्सी – कोरोना भाइरसका कारण फुटबल गतिविधि बिस्तारै सुरु हुँदै गर्दा फिफा क्लब विश्वकप हुनेमा भने शंका बढेको छ । फिफाले हाललाई प्रतियोगिता स्थगित गर्दै सम्भावित मितिबारे अध्ययन गर्ने बताएको छ ।

विश्व फुटबलको सर्वाेच्च निकाय (फिफा) को ७०औं कंग्रेसले कोरोना महामारीका कारण डिसेम्वरलाई फिफा विश्वकप आयोजक राष्ट्र कतारमा हुने फिफा क्लब विश्वकप नहुने सम्भावना बढेको जनाएको हो ।

कोभिड १९ का कारण केही अन्तर्राष्ट्रिय क्लब प्रतियोगिता डिसेम्बरसम्म पनि नसकिने भएपछि यो वर्षको फिफा क्लब विश्वकप हाललाई पछि सारिने र सम्भावना नभए रद्द नै गर्न सकिने फिफा अध्यक्ष जियानी इन्फान्टिनोले बताएका छन् । फिफा क्लब विश्वकप ६ वटा क्षेत्रीय कन्फेडेरेसनको क्लब च्याम्पियनहरुबीचको प्रतियोगिता हो ।

विशेषगरी दक्षिण अमेरिकाको कोपा लिबर्टाडोरेस प्रतियोगिता ढिलाई भइरहेको छ । यसको अर्थ यसवर्षको फिफा क्लब वल्डकप २०२१ मा गर्न सकिने अथवा रद्द नै हुन सक्नेछ ।

फिफा अध्यक्ष इनफान्टिनोले यसवर्ष नै गर्न सकिने गरी थप छलफल गरिने बताएका छन् । ‘हामी पक्कै पनि यो हेर्न चाहन्छौं । हामी सबै कन्फेडेरेसनहरु र सबै सहभागी क्लबहरुसँग परामर्श गर्दछौं । फुटबलको लागि उत्तम निर्णय लिन्छौं,’ अध्यक्ष इनफान्टिनोले भने ।

गतवर्ष ब्राजिली क्लब फ्लामेंगोलाई अतिरिक्त समयमा १–० ले पराजित गर्दै इंग्लिस क्लब लिभरपुल च्याम्पियन बनेको थियो । रोवर्टाे फिर्मिनोले ९९औं मिनेटमा निर्णायक गोल गरेका थिए । यसपटक युरोपेली च्याम्पियन बायर्न म्युनिखले प्रतियोगितामा दाबेदारी प्रस्तुत गर्नेछ ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.