default_image

5 years ago

September 19, 2020

सिल्भा, चिलवेल र जियाचले लिभरपुलविरुद्ध नखेल्ने

139 views

0 Bookmark

एजेन्सी – लन्डन क्लब चेल्सीले यसै समरमा अनुबन्ध गरेका तीन नयाँ खेलाडी थियागो सिल्भा, बेन चिलवेल र हाकिम जियाचले प्रिमियर लिगको दोस्रो खेल पनि गुमाउने भएका छन् ।

प्रिमियर लिगको पहिलो खेलमा ब्राइटनविरुद्ध ३–१ को जित निकालेको खेलमा पनि उपलब्ध नरहेका यि तीन खेलाडीले फिटनेस र चोटका कारण लिभरपुलविरुद्धको खेल पनि गुमाउने पक्का भएको क्लबका प्रशिक्षक फ्रान्क लाम्पार्डले प्रष्ट पारेका छन् । उनले क्रिस्टियन पुलिसिकसमेत एनफिल्ड क्लबबिरुद्ध मैदान नउत्रने प्रष्ट पारे ।

चेल्सी र लिभरपुलबीचको खेल चेल्सीको मैदानमा आइतबार राति नेपाली समयअनुसार राति ९ः१५ बजे हुनेछ । उनले पहिलो रोजाईका खेलाडीको बिषयमा जानकारी दिदै लिभरपुलबिरुद्ध मुख्य फरवार्ड टिमो वेर्नर भने टोलीसँग रहने बताएका छन् । ब्राइटनविरुद्ध लिगमा डेब्यु गर्ने क्रममा वेर्नरले चोट बोकेका कारण दोस्रो खेल गुमाउन सक्ने बताइएको थियो ।

‘वेन चिलवेल र पुलिसिक खेलका लागि तयार छैनन्,’ लाम्पार्डले भने, ‘आशा गरौ, उनीहरुले अभ्यास गरिरहेका छन् । केही हप्तामा सफलता प्राप्त हुनेछ । हाकिम जियाच समेत खेलका लागि तयार छैनन् । तर वेर्नर भने फिट छन् । थियागोले हामीसँग अभ्यास गरिरहेका छन् । उनी पछिल्ला तीन, चार दिनदेखि हामीसँग छन् । हामी उनको फिटनेसमा काम गरिरहेका छौ । लिभरपुलका खेल उनका लागि निकै चाँडो आयो ।’

चेल्सीले प्रिमियर लिगमा ब्राइटनलाई ३–१ ले हराउँदै सिजनको सुखद सुरुवात गरेको थियो । लिभरपुलले मोहम्मद सलाहको ह्याट्रिक मद्दतमा नवप्रवेशी लिड्स युनाइटेडमाथि ४–३ को संघर्षपुर्ण जित निकालेको थियो ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.