default_image

5 years ago

September 19, 2020

डर्टमुन्ड र मोन्चेनग्लाडवाक भिड्दै

125 views

0 Bookmark

एजेन्सी – जर्मन बुन्डेसलिगामा आज (शनिबार) पहिलो राउन्ड अन्तर्गत दोस्रो दिन विभिन्न ६ खेलमा प्रतिस्पर्धा हुँदैछ ।

अघिल्लो सिजनको उपविजेता बोरुसिया डर्टमुन्डले घरेलु मैदानमा बोरुसिया मोन्चेनग्लाडवाकको आतिथ्यता गर्दै नयाँ सिजनको बुन्डेसलिगाको सुरुवात गर्दैछ । खेल नेपाली समयअनुसार सिग्नल इडुना पार्कमा राति १०ः१५ बजेपछि सुरु हुनेछ । घरेलु मैदानमा मोन्चेनग्लाडवनकलाई पराजित गर्दै डर्टमुन्ड सुखद सुरुवात गर्ने योजनामा हुनेछ ।

युवा स्टार एर्लिङ ब्राउट हालान्ड र जाडोन सान्चो सम्मिलित डर्टमुन्डसँग म्याट हमेल्स, इम्री क्यान, एक्सेल विस्टेल, जुलियन ब्रान्ड, थोगर्न हाजार्ड, मार्काे रिउस, जियोभानी रेना र रोमन बुर्की जस्ता खेलाडीको साथ रहेको छ । यसै सिजन स्पेनिस क्लब रियल म्याड्रिडबाट लोनमा डर्टमुन्ड पुगेका ब्राजिली युवा प्रतिभा रेनिएरले पनि डेब्यु पाउने सम्भावना छ ।

यता, मोन्चेनग्लाडवाक पनि डर्टमुन्डलाई पराजित गर्दै सुखद सुरुवात लिने दाउमा हुनेछ । लार्स स्टिन्डिल, जोनास हफमान, क्रिस्टोफ क्रामेर र यान सोमेरजस्ता खेलाडीको साथ छ । डर्टमुन्ड पछिल्लो ११ खेलमा मोन्चेनग्लाडवाकसँग अपराजित छ । सोही जितको लयलाई डर्टमुन्ड निरन्तरता दिने दाउमा हुनेछ ।

मोन्चेनग्लाडवाकले २०१५ अप्रिलमा बुन्डेसलिगामा ३–१ ले पराजित गरेयता डर्टमुन्डलाई हराउन सकेको छैन । मोन्चेनग्लाडवाक डर्टमुन्डसँगको हारको श्रृंखला तोड्ने योजनमा हुनेछ ।
यि दुई टोली हालसम्म २२ पटक आमने सामने हुदा डर्टमुन्डले १५ खेल आफ्नो पक्षमा पार्दा मोन्चेनग्लाडवाकले ५ खेल जितेको छ । २ खेल बराबरीमा सकिएको छ ।

बुन्डेसलिगाको पहिलो खेलमा साविकको विजेता बायर्न म्युनिखले साल्केमाथि ८–० को सानदार जित हात पार्दै विजयी शुरुवात गरिसकेको छ । जसमा सर्ज जिनाब्रीले ह्याट्रिक पुरा गरेका थिए ।

अन्य खेल :

एफसी कोल्नविरुद्ध होफेनहाइम (राति ७ः१५ बजे)

फ्रान्कफर्टविरुद्ध अर्मिनिया बिलेफिल्ड (राति ७ः१५ बजे)

युनियन बर्लिनविरुद्ध अग्सवर्ग (राति ७ः१५ बजे)

भिएफबी स्टुटगार्टविरुद्ध फ्रेइवर्ग (राति ७ः१५ बजे)

वेर्डर ब्रेमेनविरुद्ध हर्था बिएससी (राति ७ः१५ बजे)

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.