5 years ago
September 22, 2020
एजेन्सी – उरुग्वेली फरवार्ड लुइस सुआरेजले इटालियन नागरिकताको लागि आवेदन दिने क्रममा सहभागी भएको परिक्षामा चोरी गरेको आरोप लागेको छ । इटालियन पुलिसले उक्त आरोपबारे विस्तृत छानविन समेत थालेको छ ।

सुआरेज गत साता पेरुजिया पुगेर इटालियन भाषा परिक्षामा सामेल भएका थिए । इटालियन च्याम्पियन युभेन्टसले सुआरेज अनुबन्ध गर्न इच्छा देखाएपछि उनी नागरिकता लिन परिक्षामा उपस्थित भएका थिए । सुआरेजकी पत्नीको पूर्वजहरु इटालीकै भएका कारण उनले नागरिकता लिन भाषा परिक्षामा उतिर्ण भए पुग्ने थियो ।
इटालियन संचारमाध्यमका अनुसार ३३ वर्षीय सुआरेजले परिक्षा दिनुअघि नै प्रश्न प्राप्त गरेका थिए । त्यसैले सामान्यतया २ घण्टा लाग्ने परिक्षा ३० मिनेट नबित्दै सकिएको प्रहरी स्रोत उदृत गर्दै इटालीको रिपब्लिका पत्रिकाले जनाएको छ ।
‘सुआरेज इटालियन बोल्न जान्दैनन् । उनलाई पूरा वाक्य प्रष्ट जोड्न पनि कठिन हुन्छ । पत्रकारले सामान्य प्रश्न सोधेपनि उनलाई जवाफ फर्काउन कठिनाइ छ । उनी वर्षको १० मिलियन युरो कमाउँछन् र उनले परिक्षा उत्तीर्ण गर्नुको विकल्प छैन,’ प्रहरी स्रोतले भनेको छ ।

परिक्षा उत्तीर्ण गर्नका बाबजुद अब सुआरेज युभेन्टस जाने सम्भावना भने समाप्त भएको छ । सुआरेजले नागरिकता प्राप्त गर्ने मिति केहि ढिला भएपछि युभेन्टसले एटलेटिको म्याड्रिडबाट अल्भारो मोराटालाई अनुबन्ध गर्ने निर्णय लिएको थियो । नन युरोपियन खेलाडीको रुपमा अनुबन्ध गर्नको लागि पनि युभेन्टसको कोटा पुगिसकेको छ । युभेन्टसमा नन युरोपियनका दुई खेलाडी आर्थर मेलो र वेस्टन म्याकेनी आइसकेका छन् ।
सुआरेज अब एटलेटिको जाने सम्भावना रहेको छ । सुआरेज र एटलेटिकोबीच छलफल भएपनि बार्सिलोनाले आफ्नो प्रतिद्वन्द्वीलाई बेच्न केहि सर्त राख्ने बुझिएको छ ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]