5 years ago
September 23, 2020
एजेन्सी – यसपटक नयाँ खेलाडी नभित्राउने विषयमा रियल म्याड्रिडले आफ्नो मनस्थिति यथावत राखेको देखिएको छ । पैसा जोगाउनका लागि प्रशिक्षक जिनेदिन जिदानले यो सिजन नयाँ खेलाडी नथप्ने योजना बताएका छन् ।

रियलले यो सिजन खेलाडी विक्री गरेर क्लबले १ सय मिलियन युरो जोगाएको छ । क्लबले कोरोनाका कारण आर्थिक अवस्था कमजोर हुँदा खेलाडीहरुलाई २० प्रतिशत तलब कटौतीको प्रस्ताव राख्ने तयारी पनि गरेको छ । यसबारे खेलाडीसँग बैठक बस्न बाँकी रहेको छ ।
यसैबीचमा इन्डिसन काभानीलाई भित्राउन विषयमा पनि क्लबमा चर्चा सुरु भएको छ । तर, अहिले टोलीमा भएका खेलाडी यथावत रहँदाको अवस्थामा भने काभानी नल्याउनेमा रियल पुगेको बताइन्छ । लुका जोभिक ,मारियानो डिज र ब्रोजा मायोरलले क्लब छाड्न अपेक्षा रियलले गरेको थियो ।
यदि उनीहरु अन्य क्लबमा गएको खण्डमा उनीहरुको ठाँउमा रियलले काभानीलाई भित्राउन सक्छ । यदि उनीहरु अन्य क्लबमा नगएको खण्डमा भने काभानी ल्याउने सम्भावना कम छ । क्लबले जिदानलाई पूर्ण रुपमा विश्वास गरेको छ ।
अहिलेकै टोलीबाट पनि टोलीले नयाँ सिजनमा उच्च प्रदर्शन गर्न सक्नेमा व्यवस्थापन आशावादी छ । रियल आर्थिक जोखिम उठाउने पक्षमा छैन । त्यसैले खेलाडी भित्राउने विषयमा सरुवा बजारको अन्तिम समय सम्म क्लबले कुर्ने सम्भावना छ ।
फुटबलमा दर्शक सायद जनवरीबाट फर्कन सक्छन् । त्यति बेलाको सरुवा बजारमा भने रियलले नयाँ खेलाडी भित्राउने विषयमा सोच्न सक्ने सम्भावना रहेको बताइन्छ । विशेषत: रियलले अर्को सिजन ठूलो अनुबन्धन गर्नका लागि रकम बचाएको अनुमान रहेको छ ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]