default_image

5 years ago

September 23, 2020

युनाइटेड इएफएल कपको अर्काे चरणमा

125 views

0 Bookmark

एजेन्सी – च्याम्पियनसिप क्लब लुटन टाउनमाथि सहज जित निकाल्दै प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड इंग्लिस फुटबल लिग कप (इएफएल) कपको चौथो चरणमा प्रवेश गरेका छन् ।

मंगलबार राति भएको खेलमा युनाइटेडले लुटनलाई उसकै मैदानमा ३–० को सहज जित निकाल्दै चौथो चरणमा प्रवेश गरेका हुन् । युनाइटेडको जितमा जुआन माटा, मार्कुस रासफोर्ड र मासन ग्रीनवुडले गोल गरे । पहिलो हाफमा एक तथा दोस्रो हाफ दुई गोल सम्भव भएको थियो ।

प्रतिस्पर्धातमक बनेको पहिलो हाफमा दुवै टोलीले गोलको केही सुन्दर अवसर सिर्जना गरेपनि गोल गर्न सकिरहेको थिएन । ४४औं मिनेटमा युनाएटेडले पेनाल्टीमार्फत गोल गर्दै अग्रता लिन सफल भयो । एन्ड्रिउ सिन्नीले ब्रान्डन विलियम्सलाई पेनाल्टी बक्समा फल गरेपछि प्राप्त पेनाल्टीमा माटाले गोल गर्दै अग्रता दिलाए ।

दोस्रो हाफमा युनाइटेडले बल पोजेसनमा पकड बनाएपनि गोलको लागि असन्तिम समय नै कुर्नुपरेको थियो । ८८औं मिनेटमा मार्कुस रासफोडैले मासन ग्रीनवुडको पासमा गोल गर्दै युनाइटेडको अग्रता दोब्बर पारे । इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा ब्रुनो फर्नान्डेसको पासमा मासन ग्रीनवुडले गोल गर्दै युनाइटेडलाई ३–० को सहज जित दिलाए ।

यस्तै अर्काे खेलमा इउफएलकपको अर्काे खेलमा वेस्टह्याम युनाइटेडले हल सिटीमाथि ५–१ को फराकिलो जित निकालेको छ । वेस्टह्यामको जितमा एन्ड्रि यार्माेलेन्कोले दुई तथा रोबर्ट स्नोर्डग्रास र सेवास्टिन हाल्लेरले समान एक गोल गरे । हलका मल्लिक विल्क्सले एक गोल फर्काए ।

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.