default_image

5 years ago

September 23, 2020

मोराटा युभेन्टसमा अनुबन्धित

151 views

0 Bookmark

एजेन्सी – स्पेनिस फरवार्ड अल्भारो मोराटा इटालियन च्याम्पियन युभेन्टसमा अनुबन्धित भएका छन् । सिरी ‘ए’ क्लब युभेन्टसले स्पेनिस ला लिगा क्लब एट्लेटिको म्याड्रिडका फरवार्ड मोराटालाई एक सिजनको लागि लोनमा अनुबन्धित गरेका हुन् ।

मोराटा दोस्रो पटक युभेन्टसमा अनुबन्धित भएका हुन् । यसअघि उनी २०१४ देखि २०१६ सम्म युभेन्टसमा रहेका थिए । क्लबले छोटो भिडियोमार्फत मोराटालाई सार्वजनिक गरेका थियो । भिडियोमा ‘मोर मेमोरिज, मोर भिक्टोरिस, मोर साउन्ड र मोर लाइट्स’ शब्दहरु राखिएको थियो ।

मोराटालाई एक सिजनको लागि ९ मिलियन पाउन्डमा अनुबन्ध गरिएको र मंगलबार क्लबले उनलाई सार्वजनिक गरेको थियो । सम्झौताअनुसार युभेन्टसले २७ वर्षीय फरवार्डलाई स्थायी खेलाडी बनाउन सक्नेछ ।

जसका लागि युभेन्टसले तीन सिजनको लागि ४४ मिलियन पाउन्ड खर्चनुपर्नेछ । अर्काे विकल्पमा युभेन्टसले पुनः लोनमै राख्न चाहेको अवस्थामा थप ९ मिलियन नै तिर्नुपर्ने सर्त राखिएको छ ।

मोराटाले गत सिजन म्याड्रिडको लागि ४४ खेलमा १६ गोल गरेका थिए । एट्लेटिकाको लागि ६१ खेलमा २२ गाल गरेका छन् । त्यसअघि उनले युभेन्टसमा दुई सिजन बिताउने क्रममा ९३ खेलमा २७ गोल गरेका थिए ।

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.