5 years ago
September 23, 2020
एजेन्सी – इंग्लिस प्रिमियर लिगको वल्भ्सले क्याटलान क्लब बार्सिलोनाबाट पोर्चुगिज डिफेन्डर नेल्सन सेमेडोलाई अनुबन्ध गरेको छ ।

प्रिमियर लिग क्लबले सेमेडो अनुबन्ध गर्न ३७ मिलियन पाउण्ड खर्च गरेको हो । सिजनको सुरुवातमा वल्भ्सका डिफेन्डर म्याट डोहर्टि १२ मिलियन पाउण्डमा टोटेनहम गएपछि वल्भ्सले सेमेडो अनुबन्ध गरेको हो । वल्भ्सको टोलीमा सेमेडो दशौं पोर्चुगिज खेलाडी हुन् । प्रशिक्षक नुनो एस्पिरितो सान्तो पनि पोर्चुगलका नै हुन् ।
२६ वर्षीय सेमेडोले बार्सिलोनाका लागि १ सय २४ खेल खेलेका थिए । उनले पोर्चुगलको राष्ट्रिय टोलीका लागि पनि १३ खेल खेलिसकेका छन् । सेमेडोले वल्भ्समा २०२३ सम्मका लागि अनुबन्ध गरेका छन् । सेमेडो अनुबन्ध गर्नु क्लबका लागि अर्को स्तरमा फड्को मारेको संकेत रहेको क्लबका कार्यकारी अध्यक्ष जेफ सीले बताए ।
बार्सिलोनामा नयाँ प्रशिक्षक रोनाल्ड कोम्यानको आगमनसँगै सेमेडो उनको योजनामा रहेका थिएनन् । बार्सिलोनाले आयाक्सका सर्जिनो डेस्टलाई उक्त पोजिसनमा अनुबन्ध गर्ने तयारी गरिरहेको छ ।

सेमेडोअघि वल्भ्सले पोर्टोबाट फाबियो सिल्भालाई अनुबन्ध गरेको थियो । २० वर्षीय पोर्चुगिज फरवार्डका लागि वल्भ्सले ३५ मिलियन पाउण्ड खर्चेको थियो । वल्भ्सले यसै साता लिभरपुलका डिफेन्डर कि-जाना होएभरलाई पनि अनुबन्ध गरेको छ । फरवार्ड डिओगो जोटा भने वल्भ्सबाट लिभरपुल गएका थिए ।
सेमेडोले वल्भ्समा अनुबन्ध हुन पाउँदा निकै खुसी लागेको बताए । ‘गत सिजन वल्भ्सका लागि निकै राम्रो सिजन रहयो । इंग्ल्यान्ड मात्र नभएर युरोपमा पनि राम्रो प्रदर्शन थियो । यो सिजन अझ राम्रो गर्ने प्रयास रहनेछ,’ उनले भने, ‘नुनो एकदम राम्रो प्रशिक्षक हुन् । उनले वल्भ्स मात्र नभएर अन्य टोलीमा पनि प्रभाव छाडेका छन् । मैले उनीबाट धेरै सिक्नेछु ।’
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]