5 years ago
September 25, 2020
एजेन्सी – स्पेनिस युवा फरवार्ड अन्सु फातीले क्याटलान क्लब बार्सिलोनासँग सम्झौता नविकरण गरेका छन् । १७ वर्षीय फातीले बार्सिलोनासँग चार वर्षको लामो सम्झौता गरेका हुन् ।

सम्झौतासँगै बार्सिलोनाले फातीको रिलिज क्लजसमेत तोकेको छ । अब कुनै पनि क्लबले फाती अनुबन्ध गर्न चाहेको खण्डमा ३६७ मिलियन पाउन्ड (४ सय मिलियन युरो) तिर्नुपर्नेछ । यसमा २११ मिलियन पाउन्ड रिलिज क्लज र १५६ मिलियन पाउन्ड अन्य बोनस लगायत रकममा तिर्नुपर्ने छ ।
नयाँ सम्झौतासँगै बार्सिलोनामा फातीले २२ नम्वरको जर्सी लगाउनेछन् । यसअघि यो जसी आर्टुरो भिडालले प्रयोग गरेका थिए । फातीले गत सिजन नै बार्सिलोनाको सिनियर टोलीमा डेब्यु गर्दै पहिलो सिजनमा नै आफ्नो प्रभाव छाडेका थिए । उनले गत सिजन बार्सिलोनाबाट ३३ खेल खेल्दा ८ गोल गरेका थिए ।

सेप्टेम्बर पहिलो साता स्पेनिस राष्ट्रिय टोलीबाट गोल गर्ने सबैभन्दा कान्छो खेलाडीको कीर्तिमान बनाएका फातीलाई बार्सिलोनाले ३१ सदस्यीय पहिलो टोलीमा समेटेको छ । अब उनले क्लबका कप्तान लियोनेल मेस्सी र एन्टोइन ग्रिजमनसँगै बार्सिलोनाको अग्रपङ्ति सम्हाल्नेछन् ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]