default_image

5 years ago

September 25, 2020

ज्लाटनलाई कोरोना पोजेटिभ

129 views

0 Bookmark

एजेन्सी – इटालियन क्लब एसी मिलानका स्वीडिस भेट्रान फरवार्ड ज्लाटन इब्राहिमोभिचलाई कोरोना पोजेटिभ पुष्टि भएको छ ।

क्लबले ३८ वर्षीय स्वीडेनका पुर्व अन्तर्राष्ट्रिय खेलाडी ज्लाटनलाई कोरोना पुष्टि भएको बताउँदै  उनी घरमै क्वारेन्टिनमा रहेका बताएका छन् ।

बुधबार क्लबका डिफेन्डर लियो डुआर्टेलाई कोरोना पोजेटिभ देखिएका क्लबका सम्पुर्ण खेलाडी, पदाधिकारी र अफिसियलहरुको स्वाव संकलन गरिदा इब्राहिमोभिचमा कोरोना पुष्टि भएको हो । अन्य कुनैपनि खेलाडी, अफिसियल र पदाधिकारीको कोरोना नेगेटिभ आएको क्लबले जनाएको छ ।

इब्राहिमोभिचले नयाँ सिजनको इटालियन सिरी ‘ए’ को पहिलो खेलमा बोलोग्नालाई २–० ले पराजित गर्दा दुवै गोल गरेका थिए । उनले गत महिना मात्रै एसी मिलानसँग १ वर्ष थप्दै सम्झौता नविकरण गरेका थिए ।

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.