5 years ago
September 26, 2020
एजेन्सी – इंग्लिस फुटबल लिग (इएफएल) कप अर्थात काराबाओ कपको चौथो चरणमै प्रिमियर लिग प्रतिद्वन्द्वी टोटेनहम हस्टपर र चेल्सीबीच प्रतिस्पर्धा हुने भएको छ ।

तेस्रो चरणको खेलमा टोटेनहमले वाक ओभर पाएपछि चौथो चरणमा चेल्सी प्रतिद्वन्द्वी पाएको हो । तेस्रो चरणमा टोटेनहमले दोस्रो श्रेणीको क्लब लेटन ओरियन्टसँग मंगलबार खेल्ने तालिका रहेपनि क्लबका अधिकांश खेलाडीलाई कोरोना पोजेटिभ देखिएपछि खेल स्थगित गरिएको थियो ।
लेटनको मैदानमा हुने भानिको खेल गर्न स्थानीय प्रशासनले समेत स्वीकृति दिएको थिएन । लेटनले टोली उतार्न नसकेको र आयोजना गर्न असमर्थ रहेपछि प्रतियोगिता नियमावलीको अनुसार नै खेल टोटेनहमको पक्षमा पुगेको थियो । टोटेनहम र लेटनबीच खेल स्थगनलाई लिएर छलफल पनि भएको थियो ।
टोटेनहमका समर्थकले खेल नहुने देखेपछि तल्लो श्रेणीको लेटनको सहयोगार्थ क्लबको स्टोरबाट सामान खरिद गरेर सहानुभूति जनाएका थिए । क्लबले एकैदिन २० हजार पाउण्डसम्म सामग्री बेचेको बताएको थियो । लेटनको जर्सीलाई टोटेनहमकै फरवार्ड ह्यारी केनले मुख्य प्रायोजन गरेका छन् ।

काराबओ कपले शुक्रबार दुई टिमबीचको खेल रद्द गर्दै टोटेनहमलाई वाकओभर दिएको दिएको हो । अब टोटेनहमले मंगलबार चेल्सीसँग खेल्नेछ । चेल्सीले तेस्रो चरणमा बार्न्सलीमाथि ६–० को सानदार जित दर्ता गर्दै अघिल्लो चरणमा स्थान पक्का गरेको थियो ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]