default_image

5 years ago

September 26, 2020

सुआरेजको बर्हिमगनमा मेस्सीको असन्तुष्टी

158 views

0 Bookmark

एजेन्सी – लिओनल मेस्सीले बार्सिलोनासँगको आफ्नो असन्तुष्टी फेरि एकपटक सार्वजनिक गरेका छन् । लुइस सुआरेजले क्लब छाड्नु परेको विषयमा मेस्सीले असन्तुष्टी व्यक्त गरेका हुन् ।

उरुग्वेली फरवार्ड जो बार्सिलोनाका सर्वाधिक गोलकर्ताको तेस्रो स्थानमा रहेका थिए । नयाँ प्रशिक्षक रोनाल्ड कोम्यानले टोली सम्हालेदेखि नै सुआरेज आफ्नो योजनामा नरहेको प्रष्ट पारेका थिए । यहि साता सुरुआरेज फ्रि ट्रान्सफरमा एटलेटिको म्याड्रिड पुगेका थिए ।

सुआरेज मेस्सीका निकै मिल्ने साथी हुन् । क्लबले उनलाई जसरी निकाल्यो त्यसमा मेस्सीको गुनासो रहेको छ । ‘एक विजेता, एउटा समूहको महत्वपूर्ण खेलाडी । तिमी यो भन्दा उत्कृष्ट बिदाइको हकदार थियौ ,’ मेस्सीले इन्स्टाग्राममा सुआरेजसँगको फोटो सेयर गर्दै लेखेका छन्, ‘जस्तो व्यवहार तिमीलाई गरियो, त्यो राम्रो भएन । तर पछिल्लो समय जे भइरहेको छ, त्यसले गर्दा म आश्चर्यमा भने परिन ।’

सुआरेजको बर्हिगमनमा बार्सिलोनाको व्यवहार हार्दिकतापूर्ण रहेन । उनी अघिल्लो सिजननै क्लब छाड्न चाहेका थिए । तर क्लबले अर्को एक सिजन क्लबमा राख्न बाध्य पारेको थियो ।
बार्सिलोनाकी कप्तान मेस्सीले सुआरेजलाई ड्रेसिङ रुममा मिस गर्ने बताएका छन् ।

‘म आज ड्रेसिङ रुममा जाँदा उनी थिएनन् । उनी नहुदा ड्रेसिङ रुममा कठिन हो भन्ने महसुस गरे,’ उनले भने, ‘मैदान बाहिर र मैदान भित्र पनि तिमी छैनौं । हामी सधै सँगै हुन्थ्यौं । धेरै त्यस्ता क्षण जुन अविस्मरणीय छन् ।’

सुआरेजलाई एट्लेटिकोको जर्सीमा हेर्दा असजिलो हुने पनि अर्जेन्टिनी फरवार्डले बताएका छन् । ‘अर्को क्लबमा जर्सीमा हेर्न पक्कै असहज हुनेछ । त्यसमाथि तिमीविरुद्ध खेल्नुपर्ने,’ उनले थपे, ‘नयाँ चुनौतीका लागि तिमी शुभकामना । म तिमीलाई धेरै माया गर्छु । साथी चाँडै भेट्नेछौं ।’

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.