default_image

5 years ago

September 26, 2020

लिल फ्रेन्च लिग वानको शीर्षस्थानमा

114 views

0 Bookmark

एजेन्सी – लिल फ्रेन्च लिग वानको शीर्षस्थानमा उक्लिएको छ । शुक्रबार राति भएको खेलमा नान्टेसलाई २–० ले पराजित गर्दै अपराजित रहेको लिल शीर्षस्थानमा उक्लिएको हो ।

घरेलु मैदानमा लिलको जितमा बुराक इल्माजले गोल गर्दै एक गोल उपहार पाएको थियो । प्रतिस्पर्धात्मक बनेको खेलमा दुवै टोलीले पहिलो हाफमा उल्लेख्य पोस्ट आक्रमण बुन्न सकेको थिएन ।

४२औं मिनेटमा निकोलस पालोओइसले आत्मघाती गोल गरेपछि लिलले पहिलो हाफमा १–० को अग्रता लिएको थियो । लिलका खेलाडीको प्रहारलाई नान्टेसका गोलरक्षक अल्वन लाफन्टले बचाएपनि डिफ्लेक्ट भएर आएको बल निकोलसलाई लाग्दै गोलमा परिणत भएको थियो ।

दोस्रो हाफमा घरेलु टोलीले नान्टेसलाई दवावमा राख्दै थप एक गोल गर्न सफल भयो । ८६औं मिनेटमा बुराक इल्माजले गोल गर्दै लिललाई २–० को जित दिलाए । अपराजित रहेको लिलको ५ खेलबाट ११ अंक पुगेको छ । लिलले ५ मध्ये ३ खेलमा जित र दुई बराबरी खेलेको छ ।

एक खेल कम खेलेको सेन्ट इटिएन र रेनिसको समान १० अंक छ । यस्तै मोन्टेपिलिएर लेन्सको ९ अंक छ । पराजित नान्टेस ५ खेलबाट ५ अंक जोडेर १४औं स्थानमा छ । नान्टेसले १ खेलमा जित निकाल्दा समान दुई बराबरी र हारको नतिजा निकालेको छ ।

लिगको साविक विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) ले सुरुवाती दुई खेल गुमाएको थियो । त्यसपछि भने टोलीले लगातार दुई जित हासिल गरेको छ । पीएसजीले आइतबार राइम्ससंग खेल्दैछ ।

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.