default_image

5 years ago

September 27, 2020

म्यानचेस्टर सिटीलाई संकट

204 views

0 Bookmark

एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर सिटीलाई सिजनको सुरुवातमै मुख्य खेलाडीलाई चोट लागेका कारण ठूलो संकट परेको छ

ब्राजिलियन फरवार्ड ग्याब्रियल जेसस तीन साता मैदान बाहिर रहने भएका छन् । प्रिमियर लिग अन्तर्गत गत सोमबार वल्भ्सविरुद्ध ३–१ को जित निकालेको खेलमा जेससले चोट बोकेका थिए । मुख्य फरवार्ड सर्जियो अगुएरो अघिल्लो सिजन नै शल्यक्रिया पश्चात विश्राममा रहेको अवस्थामा जेससको चोटले थप संकट परेको हो ।

चोटकै कारण २३ वर्षीय जेसस ब्राजिलका लागि विश्वकप छनोटको दुई खेलसँगै प्रिमियर लिगका महत्त्वपूर्ण खेल गुमाउनेछन् । ब्राजिलका प्रशिक्षक टिटेले जेससलाई राष्ट्रिय टोलीबाट बाहिर राख्दै जर्मन क्लब हर्था बर्लिनका फरवार्ड म्याथुइस कुन्हालाई टोलीमा समेटेको छ ।

ब्राजिलले अक्टोबर दोस्रो साता विश्वकप छनोटमा बोलिभिया र पेरुसँग प्रतिस्पर्धा गर्दैछ । ब्राजिलले ९ अक्टोवरमा बोलिभिया र १३ अक्टोवरमा पेरुसँग प्रतिस्पर्धा गर्ने तालिका छ । फुटबल कन्फेडेरेसन (सिबिएफ) ले जेससको चोटको पुष्टि गर्दै उनको स्थानमा विश्वकप छनोटको दुई खेलका लागि म्याथुइज कुन्हालाई टोलीमा समेटेको विज्ञप्तिमा उल्लेख छ ।

गत बुधबार म्यानचेस्टर सिटीका फिजियोहरुले ब्राजिली राष्ट्रिय टोलीका फिजियोसँग सम्पर्क गर्दै उनको चोटबारे जानकारी गराएका थिए । जेससले वल्भ्सविरुद्धको खेलमा पुरै ९० मिनेट खेलेका थिए । उनले इन्ज्युरी समयमा पनि गोल गरेका थिए ।

चोट बोकेसँगै सिटीले कारवाओ कपका लागि जेससलाई टोलीमा समेटेका थिएनन् । उनको स्थानमा प्रशिक्षक पेप ग्वार्डिओलाले १७ वर्षीय लियाम डिलापलाई मौका दिएको थियो । उनले सिनियर टोलीको डेब्यु खेलमा गोल गरेका थिए ।

जेससले चोट बोकेसँगै सिटीलाई थप समस्या सिर्जना भएको छ । प्रिमियर लिगको उपाधि जित्ने लक्ष्य बोकेको सिटीसँग अब सिनियर टोलीमा अनुभवी स्ट्राइकर छैन । सिटीले यो तीन साताको अवधिमा प्रिमियर लिगमा लेस्टर सिटी र लिड्स युनाइटेडसँग प्रतिस्पर्धा गर्दैछ । कारवाओ कपमा बर्नलीसँग खेल्दैछ ।

सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले आफुसँग अहिले सिनियर टोलीमा १३ खेलाडी मात्रै फिट रहेको बताएका छन् । अगुएरो र जेसससँगै इल्केए गुन्डोगान, बर्नाडो सिल्भा, एमेरिक लोपोर्टे, जोओ क्यान्सिलो र ओलेकसन्डर जिनचेन्को चोटसँग जुधिरहेका छन् ।

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.