5 years ago
September 27, 2020
एजेन्सी– नयाँ खेलाडी भित्राउने विषयमा रियल म्याड्रिडका प्रशिक्षक जिनेदिन जिदानले सरुवा बजार खुला रहँदासम्म जे पनि हुन सक्ने बताएका छन् । नयाँ सिजनका लागि अक्टुबर ४ सम्ममा सरुवा बजार खुला रहेको छ ।

पेरिस सेन्ट जर्मेन (पिएसजी) बाट जुन ३० फ्रि एजेन्टमा अलग भएका इडिन्सन काभानीसँग रियलले सम्झौता गर्ने विषयमा चर्चा चलेपछि जिदानले प्रष्ट पार्ने प्रयास गरेका हुन् । काभानीका बारेमा प्रष्ट नबोले पनि फ्रान्सेली प्रशिक्षकले शुक्रबार प्रि म्याच कन्फ्रेन्समा भने, ‘म हाम्रा खेलाडीको समूहबाट खुसी छु । अक्टुबर ४ सम्म जे पनि हुन सक्छ ।’
कुनै खेलाडी रियलमा आबद्ध हुँदैछ भन्नेमा चासो रहेको उल्लेख गर्दै जिदानले भने, ‘तर म आफ्नो टोलीबाट खुसी छु । हामीले राम्रोका लागि प्रयास गरिरहेका छौैं । लक्ष्यमा पुग्नका लागि हामी सक्षम छौं ।’
रियल सोसिडाडविरुद्ध गत साता भएको ला लिगा खेलमा रियल गोलरहित बराबरीमा रोकिएको थियो । जसमा इडन हाजार्ड, मार्को एसेन्सियो र लुकास भाज्केज थिएनन् । जिदानले उनीहरुका लागि हतार नगरिएको पनि प्रष्ट पारे । रियलले शनिबार बेटिसविरुद्ध ३-२ को कठिन जितका साथ सिजनको पहिलो जित भने हात पार्यो ।

उनीहरु मध्ये केहि यात्रामा रहे पनि उनीहरु क्लबको अभ्यासमा फर्केको धेरै नभएकाले जनाउन्दै भने, ‘उनीहरुले धेरै अभ्यास गर्न पाएका छैनन् । मुख्य विषय शारीरिक रुपमा उनीहरु ठिक छन् । धेरै खेल खेल्नुपर्नेछ । आउने दिनमा केके हुन्छ हेर्दै जाउँ।’
रियलबाट लोनमा टोटनहम गएका ग्यारेथ बेलका विषयमा सोधिएको प्रश्नमा जिदानले भने, खासै भन्नुपर्ने केहि छैन । मैले उनलाई सुखद यात्राको कामना गरे । हामीले जे गर्यौं त्यो व्यावसायिक काम थियो ।’
बेल र हामेस रोड्रिग्वेजलाई उनले न्याय गर्न नसकेको विषयमा पनि उठ्ने गरेको छ । एकेडेमीका खेलाडीलाई महत्व दिदा उनीहरु छायाँमा परेको पनि बताइन्छ । जिदानले त्यसलाई भने स्वीकारेनन् । ‘जुनसुकै खेलाडीले यहाँ वा अन्य क्लबमा उनीहरुले जति सफलता प्राप्त गरेका छैनन् । बेल र रोड्रिग्वेजका विषयमा संकेत गर्दै भने तपाईहरुले जसका बारेमा चर्चा गर्नुभएको छ, मलाई लाग्छ उनीहरुले रियलमा सफलता प्राप्त गरेका थिए ।’

ला लिगाको आफ्नो पहिलो खेलमा गोलका लागि संघर्ष गर्नु परेको थियो । तर, सफलता मिलेन । लुका जोभिक र करिम बेन्जेमाको जाडीले आक्रामक खेलेर पनि सफलता नमिलेका विषयमा जिदानले भने, ‘उनीहरुसँगै खेल्न सक्छन् । आउने दिनमा धेरै खेल्नुपर्ने छ र उनीहरु त्यसमा सफल हुनेछन् ।’
जिदानले हरेक खेल फरक हुने बताए । ‘हरेक खेल फरक हुन्छ । उपलब्ध विकल्पबाट छान्ने हो’, उनले भने, ‘बेन्जेमा र जोभिकलेसँगै खेल्न सक्दैनन् भन्ने सोच छैन । उनीहरु खेल्न सक्छन् ।’
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]