5 years ago
September 26, 2020
एजेन्सी – इंग्लिस प्रिमियर लिगमा आज (शनिबार) राति विभिन्न चार खेलमा प्रतिस्पर्धा हुँदैछ । म्यानचेस्टर युनाइटेड ब्राइटनको भ्रमणमा निस्कदा चेल्सी पनि वेस्ट ब्रुमको भ्रमणमा निस्कनेछ ।

ब्राइटन र युनाइटेडबीचको खेल नेपाली समयअनुसार ब्राइटनको मैदानमा साँझ ५ः१५ बजेपछि हुनेछ । प्रिमियर लिगमा ब्राइटनको यो तेस्रो तथा युनाइटेडको दोस्रो खेल हो । प्रिमियर लिगमा ब्राइटन दोस्रो जितको खोजीमा हुनेछ । प्रिमियर लिगको पहिलो खेलमा चेल्सीसँग ३–१ ले पराजित भएको ब्राइटनले दोस्रो खेलमा न्युक्यासल युनाइटेडमाथि ३–० को सहज जित हात पारेको थियो । ब्राइटन सोही प्रदर्शनलाई निरन्तरता दिने योजनामा हुनेछ ।
ब्राइटनका लागि निल मोउपे, आरोन कोनोल्ली, लियोन्द्रो ट्रोससार्ड, लेविस डन्क, बिन ह्वाइट, एडम वेव्सस्टेर, सोली मार्च र म्याथ्यु रायन टोलीमा हुनेछन् । प्रतिबन्धका कारण यभेस बिसोउमा टोलीमा रहनेछैनन् ।
यता, पहिलो खेलमा नै क्रिस्टल प्यालेससँग ३–१ ले पराजित भएको म्यानचेस्टर युनाइटेड प्रिमियर लिगमा ब्राइटनलाई पराजित गर्दै पहिलो जितको खोजीमा हुनेछ । एन्थोनी मार्सियल, मार्कस रासफोर्ड, ड्यानियल जेम्स, ब्रुनो फर्नान्डेस, पल पोग्वा, ह्यारी मगाएर टोलीसँग रहनेछन् ।
यि दुई टोली ७ पटक आमने सामने हुदा म्यानचेस्टर युनाइटेडले ५ खेलमा सफलता हात पारेको छ । ब्राइटन दुई खेलमा विजयी भएको छ । पछिल्लोपटक ब्राइटनले २०१८ अगस्टमा युनाइटेडलाई ३–२ ले पराजित गरेको थियो । त्यसयताको सबै तीन खेलमा युनाइटेड विजयी भएको छ ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]