default_image

5 years ago

September 26, 2020

चेल्सीलाई वेस्ट ब्रुमको चुनौती

141 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा आज (शनिबार) राति विभिन्न चार खेलमा प्रतिस्पर्धा हुँदैछ । चेल्सी वेस्ट ब्रुमको भ्रमणमा निस्कनेछ ।

खेल नेपाली समयअनुसार राति १०ः१५ बजेपछि हुनेछ । सुरुवाती दुई खेलमा समान १ जित र १ हारको नतिजा निकालेको चेल्सी वेस्ट ब्रुमलाई उसकै मैदानमा पराजित गर्दै प्रिमियर लिगमा दोस्रो जितको खोजीमा मैदान उत्रनेछ ।

चेल्सीले पहिलो खेलमा ब्राइटनमाथि ३–१ ले पराजित गर्दा दोस्रो खेलमा लिग च्याम्पियन लिभरपुलसँग २–० ले पराजित भएको थियो । लिभरपुलससँगको हारको गल्ती सुधार्दै चेल्सी वियजी लक्षमा फर्कने योजनामा रहनेछ ।

यसै सिजन अनुबन्ध भएका डिफेन्डर थियागो सिल्भा, बेन चिलवेलले प्रिमियर लिगमा डेब्यु गर्ने सम्भावना छ । उनीहरुले फिटनेसका कारण सुरुवाती दुई खेल गुमाएका थिए । यि दुई खेलाडीले कारवाओ कपमा बान्सलीमाथि ६–० को सानदार जित निकालेको खेलबाट चेल्सीबाट डेब्यु गरेका थिए ।

यसबाहेक चेल्सीसँग टिमो वेर्नर, काई हाभर्टज, मान माउन्ट, ट्याम्मी अब्राहम, एङ्गोलो कान्टे, मार्काे अलन्सो, कुर्ट जुम्मा, रिस जेम्स र जर्गिन्होलगायतका खेलाडी हुनेछन् । नयाँ गोलरक्षक इडवार्ड मेन्डीले खेल्ने सम्भावना न्युन रहँदा किपा अरिजावालगाले पुनः एकपटक मौका पाउन सक्नेछन् ।

यता, सुरुवाती दुई खेल ने गुमाएको वेस्ट ब्रुम घरेलु मैदानमा स्टार खेलाडीले भरिएको चेल्सीलाई स्तब्भ पार्दै प्रिमियर लिगमा पहिलो जित निकाल्ने दाँउमा हुनेछ । वेस्ट ब्रुम लेस्टर सिटीसँग ३–० ले तथा एभर्टनसँग ५–२ ले पराजित भएको थियो । वेस्ट ब्रुमसँग ग्राडी डियानगाना र म्याथुज पेरेरा लगायतका खेलाडी हुनेछन् ।

यि दुई टोली हालसम्म १६ पटक आमने सामने हुदा चेल्सीले १० खेल आफ्नो पक्षमा पार्दा ३ खेल वेस्ट ब्रुमले जितेको छ । तीन खेल बराबरीमा टुंगिएको छ । वेस्ट ब्रुमले २०१५ मे १९ मा चेल्सीलाई ३–० ले हराएको थियो । त्यसयता ६ खेलमा चेल्सी बेस्ट ब्रुमसँग अपराजित छ ।

अन्य खेल

ब्राइटनविरुद्ध म्यानचेस्टर यनाइटेड (साँझ ५ः१५ बजे), क्रिस्टल प्यालेसविरुद्ध एभर्टन (राति ७ः४५ बजे), बर्नलीविरुद्ध साउथह्याम्पटन (राति १२ः४५ बजे)

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.