5 years ago
September 26, 2020
एजेन्सी – स्पेनिस ला लिगामा आज (शनिबार) राति विभिन्न चार खेलमा प्रतिस्पर्धा हुदैछ । अघिल्लो सिजनको ला लिगा च्याम्पियन रियल म्याड्रिडले आफ्नो दोस्रो खेलमा रियल बेटिससँग प्रतिस्पर्धा गर्दैछ ।

रियल म्याड्रिड र रियल बेटिसबीचको खेल बेटिसको मैदानमा नेपाली समयअनुसार राति १२ः४५ बजेपछि हुनेछ । बराबरीबाट ला लिगाको नयाँ सिजन सुरुवात गरेको च्याम्पियन रियल म्याड्रिड दोस्रो खेलमा जित निकाल्ने लक्ष्यमा हुनेछ ।
रियल पहिलो खेलमा अग्रपङ्तिमा चुक्दा रियल सोसिडाडसँग गोलरहित बराबरीमा रोकिएको थियो । सो खेलको कमजोरी स्कोरिङ सुधार्दै रियल म्याड्रिड जितको लयमा उभिन चाहन्छ । फिटनेसका कारण इडेन हाजार्ड टोलीमा समेटिएका छैनन् ।
अग्रपङ्तिमा करिम बेन्जेमालाई बाजिली युवा स्टारद्धय भिनिसियस जुनियर र रोड्रिगोसँगै लुकास भास्क्वेजले साथ दिनेछन् । मिडफिल्डमा टोनी क्रुस, क्यासमिरो, लुका मोड्रिच, फेडरिको भाल्भेर्डे, इस्को र मार्टिन ओडेगार्ड रहनेछन् । डिफेन्समा कप्तान सर्जियो रामोस, राफयल भरान, फर्लान्ड मेन्डी, ड्यानी कार्भाजल रहनेछन् । ब्याक इन्ज्युरीका कारण मार्सेलोले बेटिसविरुद्ध खेल्ने सम्भावना न्युन छ । गोलरक्षकमा थिवाउट कोर्टुवा रहनेछन् ।
यता, सुरुवाती दुई खेलमा शत प्रतिशत जित निकालेको रियल बेटिस लगातार तेस्रो जितसहित रियल म्याड्रिडलाई स्तब्ध बनाउने योजनामा हुनेछ । बेटिसले पहिलो खेलमा डिपोर्टिभो एलाभेसलाई १–० ले तथा दोस्रो खेलमा रियल भालाडोलिडलाई २–० ले पराजित गरेको थियो ।
यल बेटिस सोही जितको लयलाई निरन्तरता दिने लक्ष्यमा मैदानमा उत्रनेछ । बेटिससँग नविल फेकिर, विलियम कार्भाल्हो, सर्जियो कानालेस, जोआक्विन, इमर्सन, मार्क बार्टा, एलेक्स मोरेना तथा गोलरक्षक क्लाउडियो ब्राभो रहनेछन् ।
यि दुई टोली १६ पटक आमने सामने हुदा रियल १० खेलमा विजयी भएपछि पछिल्लो खेलमा रियल बेटिससँगको प्रदर्शन खराव रहेको छ । पछिल्लो तीन खेलमा रियल म्याड्रिड बेटिससँग दुई खेलमा पराजित तथा एक खेलमा गोलरहित बराबरीमा रोकिएको छ । त्यसलै म्याड्रिड बेटिसविरुद्ध सचेत भएर खेल्नेछ ।
बेटिसले ४ खेल आफ्नो पक्षमा पार्दा दुई खेल बराबरीमा टुंगिएको छ । रियलले रियल बेटिसलाई पछिल्लोपटक २०१९ जनवरीमा २–१ ले पराजित गरेको थियो ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]