5 years ago
September 27, 2020
एजेन्सी – युवा स्टार एर्लिङ ब्राउट हालान्ड र जाडोन सान्चो सम्मिलित बोरुसिया डर्टमुन्ड जर्मन बुन्डेसलिगामा अग्सबर्गसँग स्तब्ध बनेको छ । शनिबार भएको खेलमा डर्टमुन्ड घरेलु टोली अग्सबर्गसँग २–० ले स्तब्ध बनेको हो ।

नयाँ सिजनको बुन्डेसलिगामा डर्टमुन्डको यो पहिलो हार हो । अग्सबर्गको लगातार दोस्रो जित हो । डर्टमुन्डले पहिलो खेलमा बोरुसिया मोन्चेनग्लाडवाकलाई ३–० ले पराजित गरेको थियो । यस्तै अग्सबर्गले पहिलो खेलमा युनियन बर्लिनमाथि ३–१ को जित निकालेको थियो ।
डर्टमुन्डलाई स्तब्ध पार्न अग्सवर्गका फेलिक्स युदोखाई र ड्यानियल क्यालीगुरीले पहिलो र दोस्रो हाफमा गोल गरे । खेलको सुरुवात देखि नै डर्टमुन्डले घरेलु टोलीलाई दवावमा राखेपनि अग्सवर्गको रक्षापङ्ति तोड्न सकेन ।

पाँचौ मिनेटमा जाडोन सान्चोको प्रहारलाई अग्सवर्गका गोलरक्षक राफलेल बचाए । नवौ मिनेटमा एर्लिङ ब्राउट हालान्डको कर्नरमा जाडोन सान्चोको प्रहार पोस्टबाट थोरै बाहिरियो । ४०औं मिनेटमा फेलिक्स युदोखाईले गोल गर्दै घरेलु टोलीलाई १–० ले अघि बढाए । ड्यानियल क्यालीगुरीको फ्रिकिक प्रहारलाई युदोखाईले हेडरमार्फत जाली चुमाएका थिए ।
५४औं मिनेटमा ड्यानिलय क्यालीगुरीले गोल गर्दै अग्सवर्गलाई २–० को अग्रता दिलाए । फ्लोरियन नाइडरलेचनरको पासमा क्यालीगुरीले एक डिफेन्डर र गोलरक्षक रोमन बुर्कीले बिट गर्दै गोल गर्न सफल भएका थिए । खेलमा २–० ले पछि परेपछि डर्टमुन्डले बल पोजेसनमा बलियो पकड बनाएपनि फिनिसिङमा चुक्दा पराजित हुन पुग्यो ।

डर्टमुन्डले ७० प्रतिशत बल पोजेसन राखेको थियो । त्यसपछि थप गोल निस्कन नसक्दा अग्सबर्गले डर्टमुन्डमाथि २–० को सहज जित निकाल्यो जितसँगै अग्सबर्गको दुई खेलबाट ६ अंक पुगेको छ । समान खेलबाट डर्टमुन्डको ३ अंक छ ।
अन्य नतिजा
अर्मिनिया बिलेफिल्डविरुद्ध कोल्न (१–०), बायर लिभरकुसनविरुद्ध आरबी लाइप्जिग (१–१), बोरुसिया मोन्चेनग्लाडवाकविरुद्ध युनियन बर्लिन (१–१), मेइन्जविरुद्ध भिएफबी स्टुटगार्ट (१–४), साल्केविरुद्ध वेर्डर ब्रेमेन (१–३)
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]